मेचीनगर । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले `कोशी प्रदेश´ नामाकरण सहि भएको बताएका छन् ।
भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले शनिबार काँकरभिट्टामा आयोजना गरेको २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती कार्यक्रमका प्रमुख अतिथि कार्कीले यस्तो बताएका हुन् ।
मन्त्री कार्कीले ऋषिमुनीहरु बसेको पवित्र भुमि कोशीमा प्रदेशको नामाकरणमा पश्चताप नभएको बताएका हुन् ।
कोशीको नाममा अहिले पनि चुनौति छ’ मन्त्री कार्कीले भने—‘बहुभाषिक, बहुधार्मिक कोशीको पहिचान हो । संसद्का ९३ प्रतिशतले कोशीको नाम सहि राखेकोमा सन्तुष्ट भएको छु ।
कार्यक्रममा विशिष्ठ अतिथि रहेका भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट प्रा.डा.जगमान गुरुङ सम्मानित भएका थिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. गुरुङको विषयमा पत्रकार चन्द्र भण्डारीले चर्चा गरेका थिए ।
कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, इलाका प्रहरी कार्यालयका प्रमुख एवम् डीएसपी मिनबहादुर लामालगायतले बोलेका थिएभने सशस्त्र प्रहरी काँकरभिट्टा गुल्मका प्रमुख एवम् डीएसपी राजेन्द्रप्रसाद श्रेष्ठले कविता बाचन गरेका थिए ।