मेचीनगर । झापाको मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्ट सुरु भएको छ । 

मेचीनगर नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले बुधबार बिहान आयोजित औपचारिक कार्यक्रम उद्घाटनपछि टुनामेन्ट सुरु भएको हो । 

हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट टुनामेन्टका राजु धिमालको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मिना उप्रेती पोख्रेल, एमालेका नेता बिष्णु प्रसाईं, हिमालयन एकाडेमीका प्रिन्सिपल जगत तामाङ, मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाललगायतले बोलेका थिए ।

मेचीनगर-९ को टिमाई बाटिका खेल मैदानमा आयोजित क्रिकेट टुनामेन्टको पहिलो दिन १० वटा क्रिकेट टिमले प्रतियोगितामा सहभागीता जनाएका थिए ।

भारतका २ वटा टिमसहित झापाका १६ टिमले सहभागिता रहने जनाएको छ । टुनामेन्टमा प्रथम र द्वितीय घोषित टिमलाई ३० र २० हजार नगद ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकको भनाई छ । खेल अवधिभर उत्कृष्ट खेलाडीलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिने छ ।

नेपालमा क्रिकेट खेलप्रतिको क्रेज बढेसँगै स्थानीय खेलाडीलाई प्रोत्साहन र नयाँ खेलाडीको खोजी गर्दै क्रिकेट एकाडेमी बनाउने उद्देश्यले टुनामेन्टको आयोजना गरिएको हो ।