ओखर खेती र यसको महत्त्व:

        ओखर एक यस्तो फल हो, जसमा प्रोटिन, एन्टिओक्सिडेन्ट, भिटामिन, खनिज पर्याप्त मात्रामा पाइन्छ । विशेषगरी ओखरमा ओमेगा फ्याटि एसिड हुन्छ । जसले मस्तिष्कको गतिविधिलाई तेज बनाउन मद्दत गर्दछ । तिहारमा ओखर फोरेर दिदी-बहिनीले आफ्ना दाजु-भाइका बाधा फुकाइदिने साँस्कृतिक परम्परा छ । तर, त्यहीँ बाधा फोडिदिने ओखर भने विदेशबाट आयात हुने गरेको छ ।नेपालको भौगोलिक बनावटअनुसार ओखर फल्ने पर्याप्त सम्भावना छ ।

कृषि प्राविधिकहरुका अनुसार खेतीयोग्य जमिनको ५२ प्रतिशत जमिनमा ओखर खेती गर्न सकिन्छ । तर, यसको व्यावसायिक खेती हुन नसकेका कारण विदेशी ओखरको भर पर्नुपरेको हो । कृषिको आधुनिकिकरण र व्यावसायिकरण नभएका कारण नेपालले वर्षेनि खर्बौं रकम बराबरका कृषि उत्पादन आयात गर्दै आएको छ ।


परिचय :
ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ । यश रुखको आयु सरदर २०० बर्ष हुन्छ । ओखरको एक बयस्क रुखले १०० देखी २०० केयसम्म फल दिन्छ । यो दुई प्रजातिको हुन्छ । प्राय: नेपालमा हाडे ओखर बनजङ्गलमा पाइन्छ । ओखरको दाते प्रजातिको ओखर चाही राम्रो हुन्छ । यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ ।
ओखर एकदमै ठुलो हुने रुख हो । यस रुख धेरै बलियो हुन्छ । यस रुखको आयु सरदर २०० बर्ष हुन्छ । यो दुई प्रजातिको हुन्छ । प्राय: नेपालमा हाडे ओखर बनजङ्गलमा पाइन्छ । ओखरको दाते प्रजातिको ओखर चाही राम्रो हुन्छ । यसको बाहिरी भाग नरम हुने हुँदा दातले नै फुटाएर खान सकिन्छ ।

खेती प्रबिधी :
नेपालमा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । ओखरको रुख ठुलो हुने हुँदा यसलाई ७-७ मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा १०-१५ ओटा लगाउन सकिन्छ । यस बिरुवाले ५-६ बर्षबाट उत्पादन दिन सुरु गर्दछ ।

लगाउने विधि :
* २ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नयाँ पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।

* हिउँदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउँदमा पनि राम्रोसंग यसलाई लगाउन सकिन्छ ।

* स्याहार सुसार राम्रोसंग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने ।

ओखरका फाईदाहरु :

* मधुमेहका बिरामीहरुका लागि ओखरले धेरै नै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।

* ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ ।

* एक दिनमा ४-५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

* ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ ।

* यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

* ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्न सक्छ । ओखर खाँदा मृर्गौलामा पत्थरी हुने सम्भावना कम हुन्छ ।

* ओखरमा भिटामिन-इ हुन्छ जसले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

* ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ ।

*ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो । ओखरमा शरीरलाई चाहिने भिटामिन–ई, भिटामिन–बी, भिटामिन–बी ६ जस्ता अत्यावश्यक तत्व पाइन्छ अनिद्राको समस्या भएकाहरूलाई ओखर रामबाण हो ।

*सुत्नुअघि भिजाएको ओखर खानाले मीठो निद्रा लाग्छ अथवा खानासँगै सलादमा ओखर छरेर पनि खान सकिन्छ । ओखरमा पाइने मेलाटोनिन नामक तत्वले निद्रा लगाउने गर्छ ।

बजार :
बिश्व बजारमा ओखरको माग अत्याधिक छ । नेपाली बजारमा ओखर प्रती किलो ६००-७०० सम्ममा बिक्री हुन्छ । ओखर चाडै नबिग्रने हुँदा यसलाई लामो समयसम्म पनि भन्डारण गरेर राख्न सकिन्छ । यो बिरुवा धेरै बर्षसम्म बाचिरहने हुँदा पछील्लो पुस्तासम्मको लागी पनि आम्दानिको राम्रो स्रोत बन्छ