इलाम । इलाम–२ को प्रारम्भिक मतगणना अनुसार एमालेका (सूर्य) चिन्हका सुहाङ नेम्बाङले अग्रता लिएका छन् ।
इलाम बजारस्थित गौतमबुद्व सभा गृहमा जारी मतगणनाको पहिलो चरणको प्रारम्भिक मत परिणाम अनुसार एमालेका सुहाङको १९११४ मत ल्याएर अगाडि रहेका छन् ।
नेपाली कांग्रेसका डम्बर खड्काको (रूख) को १२६७५, रास्वपाका मिलन लिम्बूको घण्टीको ३२४२ पहिचानवादी समुहका डकेन्द्रसिंह थेगिमको मुढाको ९४१० मत ल्याएका हुन् ।
अहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना भइरहेको छ । शनिबार भएको मतदानमा ५८ प्रतिशत मत खसेको थियो।