काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्ती गरेका छन् । उनीसंगै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले पनि सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार शीतल निवासमा विशेष समारोहकाबीच नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका छन् । मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई नियुक्त गर्न सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले मंगलवार नै गुरुङ र पुनलाई मन्त्री नियुक्त गरेका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, मन्त्रिपरिषद्का सदस्यलगायतको सहभागिता थियो ।