मेचीनगर । झापाको मेचीनगर-७ जोरसिमल धुलाबारीबाट सशस्त्र प्रहरीले करिब ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान र एउटा पिकअप नियन्त्रणमा लिएको छ । काँकरभिट्टाका ठुला तस्कर ब्यापारी पिन्टु शाह, पुजा शाहको सामान नियन्त्रणपछि त्यसको प्रभावकारितामाथि फेरि प्रश्न उठेको छ ।
सशस्त्र र नेपाल प्रहरी, भन्सार कर्मचारी तथा अनुसन्धान प्रहरी अगाडि भन्सार छलेर गरिँदै आएको तस्करी बाटोमा नियन्त्रणमा लिइनु पनि आफैमा प्रहरीको मिलेमतो भएको पुष्टि हुन्छ । १५ काटुन डटपेनसहित प्रदेश नं.१-०१-००११ च ९८४२ नम्बरको पिकअप नियन्त्रणमा लिएको हो ।
भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको स्टेशनरी करिव तीन लाख मूल्यका सामान र पिकअप गरी जम्मा ११ लाख ३४ हजार चार सय नियन्त्रणमा लिएर मेची भन्सा कार्यालय बुझाएको शसस्त्रका डिएसपि विकास थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टा झापाबाट कृष्णबहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको चेकिङका क्रममा नियन्त्रणमा लिएको हो ।
घटनापछि सीमावर्ती क्षेत्रका केही व्यवसायीले उक्त नियन्त्रण वा कारबाहीले वास्तविक ठूला तस्करमाथि प्रहार भएको बुझिएको छ । साना ब्यवसायीलाई सास्ती ठुला ब्यवसायीलाई मस्तिको रुपमा अघि बढेको कार्वाहीले नागरिकलाई प्रश्न गर्दै आएका थिए ।
पिन्टु शाहको नाम जोड्दै धुलाबारी र बिर्तामोड क्षेत्रमा गोदाम सञ्चालन हुने तथा त्यहाँबाट विभिन्न सामान बजारमा आपूर्ति हुने दाबी गरिएको ब्यवसायीको आरोप छ ।
यस्तै, केही स्रोतहरूले दिनमा सबै सेटिङ गर्ने र रातको समयमा तस्करी सामान ओसारपसार गर्ने गरेको जानकारहरु बताउछन् । उक्त सामान ओसारपसार गर्दा सिभिल प्रहरी वा वर्दी खोलेर `अघिअघि मोटरसाइकल पछिपछि तस्कर सामाम´ स्कटिङ दिने गरेको श्रोतको दाबी छ । ब्यवसायी शाहले महिलाको रुपमा पुजा शाहलाई अघि सार्दै आएका छन् । उनले सामान नियन्त्रणमा लिइदा धर्नादिने गर्दै आएकी छन् । शाहले धुलाबारी र बिर्तामोडमा छुट्टाछुट्टै गोदाम सुरक्षित गर्दै आएको प्रहरी श्रोतले बतायो । शाहले गोदामबाट सामान डेलिभरी गर्दै बजारमा अभाव हुन नदिएपछि साना ब्यापारीहरु शाहको सेवा चाहेको ब्यवसायीहरु बताउछन् ।
भन्सार छलीका कारण राज्यले वर्षेनि करोडौं रुपैयाँ राजस्व गुमाउने गरेको छ । गृहमन्त्री सुधन गुरुङ सीमा क्षेत्र अनुगमनका तस्करीको जालोकै कारण भन्सार अशुली न्यून भएको अनुमान गर्दै उच्चस्तरीय छानबिनको अघि सारेका छन् । यस विषयमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, मेची भन्सार कार्यालय तथा नाम जोडिएका व्यापारी पिन्टु शाहको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन । यसअघि सामान्य व्यापारीको सामान नियन्त्रण गर्दा म्याजिक, सिटि र मोटरसाइकलसहित भन्सार दाखिला गर्ने सशस्त्र प्रहरी गरिएको थियो ।



















































