झापा । झापाको दमकमा भएको बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक-४ स्थित सडक खण्डमा पश्चिमबाट पूर्बतर्फ आउँदै गरेको डल्फिन यातायातको बस दुर्घटना भएको हो । विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४०८४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा ६ जना घाइते भएका हुन् । घाइते सबैको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा गौरादह-२ बस्ने बर्ष ३० की सुष्मा दर्जी, मोरङ पथरीशनिश्चरे-१ बस्ने बर्ष ३२ का समिर पोखरेल, सुनसरी लौकी-६ बस्ने बर्ष ३० का महमद जम्सिर, मोरङ उर्लाबारी-९ बस्ने बर्ष ३६ की पार्वता लिम्बू, मोरङ उर्लाबारी-५ बस्ने बर्ष ५० का दिपक भुजेल र गौरादह-२ बस्ने बर्ष ४० की मिना दर्जी रहेका छन् ।