काठमाडौँ । बुधबार चीनमा हिमताल फुटेसँगै भोटेकोशीमा आएको बाढीले ठुलो धनजनको क्षति भएको अनुमान गरिएको छ । भोटेकोशी हुँदै त्रिशूली नदीका किनाराका बस्तीहरू बगेका छन् । अचानक आएको बाढीले केही सेकेन्डमै दशकौं–दशक लागेर बनेका संरचना तहसनहस भएका छन भने बस्तीहरू बगाएकोे छ । तर अहिलेसम्म एकिन तथ्याङक आएको छैन् ।
बाढी आउँदा भागेर बाचेकाहरू कतिलाई बगायो थाहा छैन भनिरहेका छन् । बाँचेकाहरू माथिमाथि डाँडामा पुगेका छन् । सरकारसँग उद्धार र आश्रयका लागि माग गरिरहेका छन् । बाढीले रसुवा, नुवाकोट, धादिङसम्म ठुलो क्षति गरेको छ ।
सरकारले पनि उद्धारका लागि सेना, नेपाल प्रहारी, सशस्त्र प्रहरीको टोली खटेको छ । तर रसुवा नुवाकोट धादिङका धेरै क्षेत्र प्रभावित भएकाले उद्धारमा कठिन समेत भइरहेको छ । बाढी प्रभावित क्षेत्र टिमुरे, धुन्चे, मैलुङ, स्याफ्रुबेसी, बेत्रावती क्षेत्रका बस्तीहरू खण्डहर बनेको छ ।
त्यति मात्रै नभएर त्रिशुली खोलामा बनेका र निर्माणाधीन हाइड्रोपावरहरू समेत बगाएको छ । चीन र नेपाल जोड्ने भन्सार विन्दु समेत बगाउँदा भन्सार कार्यालय ध्वस्त बनाएको छ । बाढीले रसुवा र नुवाकोट क्षेत्रमा कल्पनाबाहिरको भौतिक क्षति पुर्याएको छ । प्राप्त पछिल्लो विवरण अनुसार बाढीले अर्बौँको भौतिक संरचना र सवारी साधनहरू बगाएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले २ खर्ब बढीको भौतिक क्षति भएको अनुमान रहेको बताएका छन् ।
रसुवागढीदेखि गल्छीसम्मका २२ वटा पक्की पुल बाढीले बगाएको छ । साथै, ५ वटा बेलीब्रिज पनि बगेका छन् । बेत्रावतीदेखि रसुवागढी नाकासम्मको ४० किलोमिटर सडक बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ, जसका कारण आवतजावत ठप्प भएको छ । विभिन्न स्थानमा रहेका ९ वटा वाणिज्य बैंकका शाखा बाढीले बगाएको छ । रसुवा भन्सार कार्यालयमा रहेका विद्युतीय गाडी, ढुवानी ट्रक गरी ३०० भन्दा बढी गाडीहरू बाढीले बगाएको छ । बाढीले पुर्याएको क्षतिको थप विवरणहरू आउने क्रम जारी छ । काठमाडौं उपत्यकालाई नजिकबाट विद्युत् आपूर्ति गर्ने र यहाँको माग धान्न मुख्य योगदान पुर्याउने आयोजनाहरू प्रभावित भएपछि उपत्यकामा विद्युत् कटौती (लोडसेडिङ) हुनसक्ने जोखिम बढेको छ ।






















































