विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर-३ स्थित अनुकरण मार्गमा लागूऔषध सेवन गरिरहेका युवाहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै छुरा प्रहार भएको छ।
अनुकरण मार्गमा केही युवाहरूले लागूऔषध सेवन गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली उनीहरूलाई समात्न पुगेको थियो। प्रहरीलाई देख्नसाथ प्रतिकारमा उत्रिएका प्रयोगकर्ताहरूले धारिलो हतियार (छुरा) प्रहार गरेका थिए। छुरा प्रहारबाट ड्युटीमा खटिएका एक प्रहरी कर्मचारी घाइते भएका छन्।
घाइते प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटना लगत्तै थप प्रहरी टोली परिचालन गरी छुरा प्रहार गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूमाथि लागूऔषध र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




















































