झापा । झापाको बिर्तामोडस्थित एभरेष्ट फ्रेस एण्ड फेसन मार्टले सामाजिक उत्तरदायित्वअन्तर्गत बाह्रदशी गाउँपालिका–७ डाँगीवारीस्थित गौरीशंकर माध्यमिक विद्यालयका १२० जना विद्यार्थीलाई छाता वितरण गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा सञ्चालक चान मोहम्मद र व्यवस्थापक गणेश भुजेलले विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल, सहायक प्रधानाध्यापक हेम राजवंशी, शिक्षा शाखा अधिकृत योगराज पौडेल तथा सूचना अधिकारी हिमाल सुवेदीलाई संयुक्त रूपमा छाता हस्तान्तरण गरेका थिए।FB_IMG_1781620441239

कार्यक्रममा बोल्दै सञ्चालक मोहम्मदले वर्षायाममा विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले छाता वितरण गरिएको बताए। विद्यालयका प्रधानाध्यापक कटुवालले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीका लागि यस्तो सहयोग निकै उपयोगी भएको उल्लेख गर्दै दाताप्रति आभार व्यक्त गरे।

शिक्षा शाखा अधिकृत पौडेलले यस्ता सहयोगले विद्यार्थीको नियमित उपस्थितिमा सुधार आउनुका साथै समुदाय, निजी क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।