चारआली । एसईई परीक्षा २०८२ मा उत्कृष्ट ४ जिपिए ल्याउने झापा मेचीनगर-१४ का विद्यार्थी जेनिश भट्टराई सम्मानित भएका छन् । 

मेचीनगर लेडी जेसीजले आयोजना गरेको “लेडी जेसीज सप्ताह” समापन कार्यक्रमको अवसरमा बाल सुबोधिनी माध्यमिक विद्यालयका विद्यार्थी भट्टराईलाई सम्मान गरेको हो । सम्मानका क्रममा जेनिशलाई प्रमुख अतिथि झापाका प्रहरी उपरीक्षक बसुन्धरा खड्का र अध्यक्ष रीता श्रेष्ठले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका झापाका प्रहरी उपरीक्षक खड्काले जेनिशको पठनीय मेहनतको उच्च प्रशंसा गर्दै बधाई ज्ञापन गरेकी थिइन् । रीता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक विश्व थापा,  बाबुलाल सुब्बा लगायतले विद्यार्थीले ल्याएको उत्कृष्ट नतिजाले विद्यालय, अभिभावक, वडा तथा मेचीनगरकै गौरव  बढाएकाे उल्लेख गरेका थिए ।