झापा । झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि रतुवा खोलामा मृत अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ । बगिरहेको पानीमा प्लास्टिकको बोरामा बाधेको र खोलामा फालेको अवस्थाम फेला परेको थियो । मृतक युवती दमक नगरपालिका-८ को बसन्त टोल निवासी नारायण र आम मुना तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रमा तिवारी जेठ १३ गते राति करिब ९:३० बजे घरबाट आफैं निस्किएकी थिइन् । त्यसपछि उनी घर नफर्किएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको दाहिने हातमा ट्याटु रहेकोले पहिचान गर्न सहज भएको प्रहरीले जनाएको छ ।