दमक । झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि रतुवा खोलामा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। खोलामा बगिरहेको पानीमा प्लास्टिकको बोरामा बाधेको अवस्था खोलामा फालेको अवस्थाम फेला परेको छ । 

मृतकको पहिचान हालसम्म खुल्न सकेको नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनको दाहिने हातमा ट्याटु रहेको छ । मृतकलाई चिन्ने, चिन्न सक्ने वा उनको पहिचानबारे कुनै जानकारी भएका व्यक्तिले नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय, दमक (झापा) मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ ।