बिर्तामोड । झापाको बिर्तामोडमा एक व्यक्तिले आफ्नै पत्नी र छोरीलाई खुकुरी प्रहार घाइते बनाएका छन् । घरायसी विवादका कारण बिर्तामोड-१ वरपीपल चोकका ३६ वर्षीय बुद्धिलाल मुर्मुले पत्नी ३५ वर्षीया मला मर्डी र छोरी १५ वर्षीया विनिता मुर्मुमाथि खुकुरी प्रहार गरेका हुन् । घरेलु हतियार प्रहारबाट उनीहरु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।घरायसी विवादमा आवशमा आएर खुकुरी प्रहार गरेर उनी भागेको र प्रहरीले बुद्धिलालको खोजी गरिरहेको जनाएको छ । सामान्य घाइते भएका माला  र विनिताको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।