अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी एकजना युवा घाइते भएका छन्। गएराति ९ बजे अर्जुनधाराको मिलन चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा स्थानीय २४ वर्षीय दिनेश पराजुलीलाई अचानक हात्तीले आक्रमण गरेको थियो ।  
हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको र हाल अवस्था बोल्न सक्ने, सामान्य रहेको प्रहरीले जनाएको छ ।