काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि लैजाने बताइन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पदबहाली गर्दैपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कानुन निर्माणमा आफ्नो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर रहेको बताएकी हुन्  ।

उनले भनिन्, ‘हाम्रो मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा सुधारको बाटोमा लैजाने छौं । कानुन निर्माणमा मेरो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर छ । आज के काम गर्दैछौं भन्दा छलफल गर्न बाँकी नै छ । खाका तयार गरेर मात्रै यो कामहरु अगाडि बढ्ने छन् ।’

पदबहाली गरेकी छन् ।