झापा । कालिका सामुदायिक वन उपभोक्ता समितिले गोलिया चोरीको बिषयलाई लिएर छानबिन समिति बनाएको छ ।
गोलिया चोरी भएको विषय सतहमा पुगेकोपछि अनुगमन अनलाइनले समाचार सार्वजनिक गरेको थियो । सोही विषयलाई लिएर समितिले घटनाको सत्यतथ्य छानबिन गर्न समितिकी उपाध्यक्ष लीला माबोको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । मानबहादुर बानियाँ र प्रशान्त कट्वाल छानबिन समितिको सदस्य रहेका छन् । उनीहरुले आगामी सातदेखि दश दिनभित्र वास्तविक बिषयको सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न समिति बनाएको समितिका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए । बिषय सामान्य भएपनी छानबिन गरेरै आम उपभोक्तामाझ क्लियर हुन चाहेका छौँ-अध्यक्ष तामाङले भने । अघिल्लो कार्यसमितिले टाँचा लगाएको (झार उम्रिएर टाँचा नदेखिएको) तर, संकलन गर्न नसकेको कालिका वनको कालिमन्दिर नजिकै लडेको रुखको ९ वटा लक्डीमध्ये केही लक्डी हराएको उपभोक्ताले आरोप लगाएका थिए । उक्त बिषयमा कालिका वन समितिका निर्वाचित कोषाध्यक्ष र सहसचिवको नाम मुछिएको छ । यसैबीच डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनीप्रसाद यादवले कालिका वनको बिषयमा जानकारी नभएको बताए । उनले जानकारी भए र प्रामाणित भए वन ऐन नियमनुसार कार्वाही हुने बताए । घटना गत फागुन २२ गतेको हो । घटनाको बिषयमा त्यहाँका प्रायः उपभोक्ताले छानबिनको माग गर्दै अएका थिए । उक्त बिषयमा समितिले डिभिजन वन कार्यालयमा जानकारी गराइसकेको बताउँदै आएको छ भने डिभिजन वन कार्यालय झापाका प्रमुख यादवले जानकारी नभएको सञ्चारकर्मीलाई उल्लेख गरेका थिए ।



















































