भद्रपुर । झापाको भद्रपुरमा वृद्धआमालाई कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका - ८ क्याम्पस मोड बस्ने ३७ वर्षीय यशिस घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै ७९ वर्षीया आमा चन्द्रमाया घिमिरेलाई छोरा यशिसले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो । कुटपिटबाट चन्द्रमायाको हात, दुबै आँखा र ढाडमा चोट लागेको छ ।
घाइते चन्द्रमायालाई उद्दार गरी उपचार गराइरहेको समेत प्रहरीले जनाएको छ ।



















































