झापा । मादक पर्दाथ सेवन गरेर  वडाध्यक्ष र कर्मचारीलाई दुर्ब्यवहार गरेको आरोपमा झापा गौरीगंज गाउँपालिकाकाका एक जना जन प्रतिनिधि पक्राउ परेका छन् ।गौरीगंज वडा नं-६ का वडा सदस्य नितेशकुमार साह पक्राउ परेका हुन् ।गौरीगंज गाउँपलिका–६ नम्बरका वडाध्यक्ष बद्रीनारायण यादवसहित कर्मचारीलाई अपशब्द बोल्दै दुर्ब्यवहार गर्ने सदस्य साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वडाध्यक्ष यादव र वडा सदस्य साह नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । दुवैबीच मामा भान्जाको सम्बन्ध रहेको छ । भारतबाट केटाकेटी भागेर आएको विषयलाई मिलाउने क्रममा दुवैबीच विवाद भएको प्रहरीले जनाएको छ । इप्रका गौरीगंजबाट प्रहरी बरिष्ठ नायव निरीक्षक मानबहादुर मिश्रको कमाण्डमा प्रहरी टोली खटिएर वडा सदस्य साहलाई नियन्त्रणमा लिएको उनले बताए ।