मेचीनगर । झापाको मेचीनगर-१४ मा निर्माणाधीन अवस्थामा रहेको `रोयल रिक्रिएशन नेपाल प्रा.लि´को निर्माण कार्य तत्काल बन्द गर्न स्थानीय तहले निर्देशन दिएको छ । प्रगति टोल र पाथीभरा टोल बिकास समितिका युवाले स्थानीय छोरीचेली असुरक्षित हुने निश्कर्षसहितको डेलिकेशनपछि मेचीनगर-१४ वडा कार्यालयले निर्माणका सबै गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
पाथीभरा टोल बिकासकी एक युवतीमाथिको दुर्व्यवहार मुद्दा कानुनी रुपमा टुंगो नलागेसम्म निर्माणाधीन (क्यासिनो) बन्द गर्न वडाध्यक्ष बाबुलाल सुब्बाद्वारा हस्ताक्षरित सिफारिस पत्रमा उल्लेख छ । दुबै टोलका नवगठित समितिका अध्यक्ष र सचिव तथा पदाधिकारी त्यस क्षेत्रको निगारनी बढाउनसमेत निर्देशन दिएको छ । 

टोल बिकास समितिले (आज) आइतबार अपरान्हपछि प्रालिका सुपरभाइजर प्रकाश तिमल्सिङलाई वडाको सिफारिस पत्र बुझाएको पाथीभरा टोलका सल्लाहकार प्रबिण भट्टराईले जानकारी दिए ।
त्यस क्षेत्रमा मौलाएको बिकृति बिसंगतिले गाउँ नै जोखिममा परेको युवाहरुको निष्कर्ष छ । बृहत भेलाले दुईवटा टोलभित्र निर्माणाधीन अवस्थाको क्यासिनो सञ्चालकले एक युवतीमाथि देखाएको हर्कतप्रति दवाव स्वरुप आइतबार वडा कार्यालयमा पुगेका थिए ।

होटल निर्माण सुरु गर्दा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया र वातावरण परीक्षण (आइई) बारेमा स्थानीयलाई जानकारी समेत नगराउनु शंकास्पद रहेको उल्लेख गरेका छन् ।
(क्यासिनो) निर्माणस्थलको मुलद्वार गेटमा उच्च प्रज्वलनशील पदार्थको सप्लायर्स मेची ग्यास उद्योग सञ्चालनमा रहेको छ । ग्यास उद्योग, घना वस्ती र क्यासिनो सञ्चालन हुँदा भइपरिआउँने समस्याले गाउँ नै जोखिममा पर्ने युवाहरूको ठम्याई छ ।
क्यासिनो सञ्चालकले हडिया खोला अतिक्रम गरेको र सार्वजनिक बाटोसमेत बन्द गरेकाले सम्बन्धित निकायलाई स्थलगत नापजाँच गरी छानबिन गर्नसमेत माग गरेका छन् ।
क्यासिनो सञ्चालकले हडिया खोला अतिक्रम गरेको र सार्वजनिक बाटोसमेत बन्द गरेकाले सम्बन्धित निकायलाई स्थलगत नापजाँच गरी छानबिन गर्नसमेत माग गरेका छन् ।