झापा । झापामा गयराती रास्वपाको कार्यालय तोडफोड भएको छ ।  बुधबार राती कमल गाउँपालिकाको रास्वपाको कार्यालयमा तोडफोड भएको सभापति केदार चापागाइँले जानकारी दिए ।

रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएको छ । चुनावलाई लक्षित गरी स्थानीय जयराम अधिकारीको घर भाडामा लिएर रास्वपाले सम्पर्क कार्यालय खोलेको थियो । जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।