झापा । निर्वाचन आचारसंहिता उलंघन गरेको पाएपछि झापाका सरोकारवाला नियामक निकायले कडाइ गरेको छ । निर्वाचन कार्यालय झापाले निर्वाचन आचारसंहिताको बिषयमा उम्मेद्वार र सम्बन्धित दललाई सचेत गराउने उद्देश्यले झापाका पाँचवटै क्षेत्रमा छलफल सुरु गरेको हो । सचेत गराएपछि पनि उल्लंघन गरेको पाइएमा कानुनी कार्वाही गर्ने जनाएको निर्वाचन कार्यालयले जनाएको छ ।
आयोगले जिल्ला प्रशासन कार्यालय झापा, निर्वाचनमा खटिइने सुरक्षा क्षेत्रका तीनवटै निकायका प्रमुख, पाँच वटै क्षेत्रका निर्वाचन अधिकृत, दलले उठाएका उम्मेद्वार तथा प्रतिनिधि, सञ्चारकर्मीसँग झापाको क्षेत्र नम्बर १ स्थित निर्वाचन कार्यालयमा सम्पन्न भएको छ । शुक्रबार क्षेत्र नम्बर २ र शनिबार क्षेत्र नम्बर ४ र ५ मा सम्पन्न गर्ने जनाएको छ ।
शुक्रबारदेखि क्षेत्र नम्बर १ देखि शुरु गरेको सरोकारवालासँगकाे छलफलमा निर्वाचन कार्यालय झापाका प्रमुख निर्वाचन अयुक्त प्रमुख न्यायाधीश उमेशकुमार लुइँटेलले निर्वाचनको समयमा उम्मेद्वार, सम्बन्धित दलले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा जानकारी गराउँदै ऎन नियम पालना नगर्ने दलका उम्मेद्वार विरुद्ध उजुरी परे कार्वाही गर्ने चेतावनी दिएका थिए । उनले मर्यादित, भयरहित, स्वच्छ ढंगले निर्वाचन सफल बनाउन सबैलाई आग्रह समेत गरेका थिए । दलले आचारसंहिता उल्लंघन गर्दै होडिङबोड, झण्डा र ब्यानर राखेर प्रचारप्रसार कार्यालय नै तोकिएको बिषयमा हटाउन आदेश दिएका थिए । फागुन ४ अघि ब्याच, टोपी, झण्डा छपाई गरेको पाइएमा प्रमाणको आधारमा त्यस्ता छापाखाना सिल गर्नसक्ने सम्मको नियम रहेको बताए ।
छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सबै उम्मेद्वारले फागुन ४ गते अघि निर्वाचन सम्बन्धि प्रचारप्रसार, घरदैलो कार्यक्रम गर्ने नहुने आचारसंहितालाई ध्यान दिन आग्रह गरेका थिए । उम्मेद्वारले केके गर्न पाउने-नपाउने बिषयमा समेत सबै उम्मेद्वारलाई अवगत गराइसकेको जानकारी दिए । झापामा भयरहित ढंगले निर्वाचन सम्पन्न गर्नेका लागि सुरक्षा, कर्मचारी, मतदानस्थानको ब्यवस्थापन लगायत सबै तयारी पूरा भएको प्रमुख गेलालले जानकारी दिए ।
निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले झापाका सबै क्षेत्रमा मतदान स्थल, मतपेटिका, मतदाता ब्यवस्थापनको सबै प्रक्रिया पूरा भएको बताए । 
कार्यक्रममा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले निर्वाचनलाई भयरहित बाताबरणमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मीको ब्यवस्थापन प्रक्रिया पूरा भएको जानकारी गराएकी थिइन् ।
झापा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गोपि बिश्वकर्माले निर्वाचन आचारसंहिताले उल्लेख गरेको मिति अघि दल र उम्मेद्वारले कुनैपनि गतिविधि गर्न बन्देज गरेको आचारसंहिता पढेर सुनाएका थिए । कार्यक्रममा नेपाली सेना चारआली ब्यारेक प्रमुख सरोज थापा, शसस्त्र प्रहरी प्रमुख तुलप्रसाद भण्डारी, सम्बन्धित क्षेत्रका उम्मेद्वार तथा सञ्चारकर्मीहरुको सहभागीता रहेकोे थियोे । निर्वाचन अयुक्त प्रमुख न्यायाधीश उमेशकुमार लुइँटेलको अध्यक्षमा सम्पन्न छ्लफलको सहायक निर्वाचन अधिकृत टेकबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।