dharmasila

धर्मशीला चापागाई (उम्मेद्वार) झापा क्षेत्र नम्बर-२ नेपाली कम्युनिष्ट पार्टी 
२०२९ सालमा बुवा डिल्लीप्रसाद र आमा गंगामाया चापागाइकी छोरी हुन् धर्मशीला । २०६३ सालमा अन्तरिम विधायिका भएकी थिइन् । त्यसपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी झापा क्षेत्र नं-४ बाट निर्वाचित भइन्। त्यसक्रममा उनी राज्यमन्त्री समेत भएकी थिइन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं ३ बाट निर्वाचन लड्दा उनी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासंग पराजित भएकी थिइन् । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन नलडेकी उनी समानुपातिक सांसद बनेकी थिइन् । उनका श्रीमान् शंकर घिमिरे तत्कालीन शाहीकालमा सेनाको यातनाबाट मारिएका थिए । हाक्की स्वभाव भएकी धर्मशीलाले छ्ट्टै पहिचान र नेतृत्व गर्ने शैली बनाइकी छिन् । नयाँ विचार र नयाँ सोचका साथ समाजवादी क्रान्तिलाई स्थापित गर्दै विकास निर्माणका गतिविधिमा जनता र समुदायको हितमा सधैं अग्रस्थानमा उभिने गरेकी छन् । आदिवासी जनजाति मात्र होइन, दलित, उत्पीडित जातिको संरक्षण प्रबद्र्धन र दीगो विकासका लागि प्रतिनिधि सभा सदस्यका लागि आफ्ना उम्मेद्वारी रहेको उनको भनाई छ ।देवराज घिमिरे, इन्दिरा राना, सरिता प्रसाई उनका प्रत्यासीहरु  हुन् 
indira
इन्दिरा राना मगर (उम्मेद्वार) झापा क्षेत्र नम्बर-२ रास्वपा
इन्दिरा राना मगरको झापाको साविक शनिश्चरे–६ मा विसं २०२७ सालमा जन्म भएको हो । अनाथ तथा अबोध बालबालिको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल संरक्षण प्रर्बद्धन गरेवापत सन् २००५ मै अशोक फेलो र अन्तर्राष्ट्रिय मानवतावादी अवार्ड २०२० को शीर्ष तीन स्थानमा पर्न सफलभएकी थिइन् । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ माघ ७ गते शनिवार प्रतिनिधि सभाबाट उनलाई समानुपातिक संसद बनाएको थियो । त्यसपछि उनी उपसभामुख निर्वाचित भएकी थिइन् । उनले अन्य थुप्रै अवार्ड प्राप्त गरेकी छन् । बालबालिकाको प्राप्तिको दिशामा काम गर्दै आएकी इन्दिरा एसिया महादेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी महिलाका रूपमा समेत चिनिन्छिन्  उनका प्रत्यासीहरु देवराज घिमिरे, धर्मशीला चापागाई र सरित प्रसाईं  हुन् 

sarita 
सरिता प्रसाईं (उम्मेद्वार) झापा क्षेत्र नम्बर २ नेपाली कांग्रेस
सरिता प्रसाईं एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली काङ्ग्रेस राजनीतिक दलकी सदस्य हुन् । वर्तमान उनी नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रुपमा कार्यरत छिन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन् । बुद्धशान्ति ३ बुधबारे निवासी प्रसाई निडर स्वभावकी स्पष्ट बक्ता पनि हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक यात्रा सुरु गरेकी प्रसाईले तरुण दलको नेतृ तथा नेपाली कांग्रेसको सचेतकको रुपमा रहेकी छिन् ।उनका प्रत्यासीहरु देवराज घिमिरे, इन्दिरा राना मगर र धर्मशीला चापागाई हुन् । 
 nisha

निशा डाँगी (उम्मेद्वार) झापा क्षेत्र नम्बर-१ रास्वपा 
पूर्व प्रतिनिधि सभा सदस्य डाँगीको झापाको भद्रपुर १ मा स्थायी बसोबास छ । उनी समानुपातिकतर्फबाट रास्वपामा प्रतिनिधि सभा सांसद बनेकी थिइन्। प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद डाँगी २८ वर्षकी मात्रै छिन् । पार्टीको सचेतक तथा जेनजी प्रतिनिधिको रुपमा पाइन्छ । उनले भ्रष्टचाररहित देश निर्माणका लागि आफ्नो प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेद्वारी रहेको बताइन् ।उनका प्रत्यासीहरु रामचन्द्र उप्रेती अशेष घिमिरे, केशव पाण्डे उनका प्रत्यासीहरु हुन् ।

mandara

मन्धरा चिमरिया पौडेल (उम्मेद्वार) झापा क्षेत्र नम्बर -५ नेपाली कांग्रेस 
झापा -५ मा कांग्रेसका तर्फबाट अघि सारिएकी उम्मेदवार मन्धरा चिमरिया पौडेलको परिचय र सामाजिक , राजनीतिक योगदान मन्धरा चिमरिया ९ पौडेल० झापाको महिला नेतृत्वमा स्थापित नाम हो । २०१९ सालमा बुबा लालबहादुर  र आमा गोमा चिमरियाको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मिएकी मन्धराले प्रारम्भिक शिक्षा ताप्लेजुङकै फुङलिङमा लिएकी हुन् । 
२०४३ साल बैशाख ४ गते खोटाङका राजेन्द्र पौडेलसंग बैबाहिक जिवन शुरु गरेकी उनले काठमाडौंको त्रिपुरेश्वरमा घरेलु उद्योग कार्यालयमा सेवा दिएकी थियन् । पौडेल २०४८ सालदेखिनै नेपाली कांग्रेसको क्रियाशील सदस्य भइन् ।स्थानीय जनचेतना महिला विकास संघ दमक १४ मा २०५९ सालदेखि निरन्तर अध्यक्ष हुन् । मन्धरा अनाथ बाल आश्रम दमक ९ की अध्यक्ष पनि हुन् । त्यहाँ ३० जना असहाय बालबालिकाहरु आश्रित छन् । उनका प्रत्यासीहरु रञ्जित तामाड, केपी शर्मा ओली, बालेन शाह हन् ।