काँकरभिट्टा । लामो समयसम्म एसियन हाइवे निर्माणाधीन अवस्थामै रहँदा तीन गुणाबढीले सवारी दुर्घटना बढेको छ । निर्माण कम्पनिले अव्यवस्थित रुपमा सडक निर्माण गरेकै कारण यात्रुबहाक बस दुर्घटना बढ्दा सम्बन्धित संस्थाको व्ययभार समेत बढेको पुर्व मेची बस ब्यवसायी प्रा.लिले जनाएको छ ।

प्रालिमार्फत ९ सय यात्रुबहाक बस सञ्चालनमा आएका छन् । मुख्य राजमार्ग निर्माणाधिन अवस्थाकै कारण यात्रुबहाक सवारी दुर्घटना हुँदा त्यसमा सवार यात्रु र सवारी साधनमा क्षति पुगेको अध्यक्ष राजेन्द्र रिजालले जानकारी दिए । एसियन हाइवे निर्माणको अनुमति पाएको निर्माण कम्पनिले मुख्य सडकमा ञड्राइभसनझ र ञरिफ्ल्याक्टरझको  उपयुक्त ब्यवस्थापन नगरी सवारी आगमन गरेकै कारण अनियन्त्रित हुँदै सार्वजनिक यात्रुबहाक सवारी दुर्घटना हुने गरेको अध्यक्ष रिजालको भनाई छ ।IMG-20251212-WA0003(1)

एसियन हाइवे निर्माण हुनुपुर्व मासिक रुपमा ८ १० वटा सार्वजनिक यात्रु बस दुर्घटना हुने गरेकोमा एक वर्षयता मासिक ३५ देखि ४० वटा दुर्घटना हुने गरेको अध्यक्ष रिजालले जानकारी दिए । दिनहुँ सवारी दुर्घटना हुँदा संस्थाको ब्ययभार समेत बढेको उनको भनाई छ । बिगतमा वार्षिक सरदर दुईदेखि अडाई करोड ब्ययभार हुने गरेकोमा यो वर्षमा ३ करोडबढीको व्ययभर देखिएकोअध्यक्ष रिजालको बताए ।
पुर्व मेची बस ब्यवसायी प्रा.लि.मार्फत लामो र छोटो दुरिका ९ सय सार्वजनिक तथा प्राइभेट यातायात प्राल िसञ्चालनमा यात्रुबहाक सवारी सञ्चालनमा छन् । सगरमाथा, दिप, नागरिक, हिमाल, इभि नेपाल आठवटा यातायात प्रालिले २० देखि एक सयवटासम्म यात्रु बस सञ्चालन गर्दै आएको प्रालिले जनाएको छ ।amcon add 2
दैनिक रुपमा दुर्घटना हुने भएपछि सवारी र मृतक क्षतिपूर्ति तथा घाइतेको उपचारमा लागि पर्नुपर्ने अवस्था आएको छ । दुर्घटनापछि वीमितको सवारी साधन र मृतक तथा घाइतेको क्षतिपूर्ति दिलाउन समेत बीमा कम्पनीले झण्झट दिने गरेको अध्यक्ष रिजालको भनाई छ । दैनिक जसो दुर्घटना हुँदैआएपछि वीमा कम्पनिले ससाना त्रुटि कमजोरीलाई समेत निगारानी बढाउन थालेको कार्यालयले जनाएको छ ।
वीमा कम्पनिले सवारी साधन दुर्घटना हुँदा यात्रुको मृत्यु भएमा क्षतिपूर्ति स्वरुप ५ लाख रुपैयाँ प्रदान गर्ने गरेकोमा प्रालिले अवस्था हेरेर नौ लाखसम्म राहत प्रदान गर्दै आएको जनाएको छ । त्यसैगरी घाइतेको उपचारका लागि वीमा कम्पनिले तीन लाख मात्रै दिँदै आएको छ । तर, प्रालिले घाइतेको अवस्था हेरेर १५ लाखसम्म उपचार खर्च वेहोर्दै आएको अध्यक्ष रिजालले जानकारी दिए । पुर्व मेची बस ब्यवसायी प्रा.लि नारायणी पुर्वकै ठुलो यातायात संस्था हो ।