झापा। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापाको ४ वटा क्षेत्रमा उम्मेद्वारीको नाम टुंगो लगाएको छ । झापा क्षेत्र नम्बर-३ बाहेकका क्षेत्र नम्बरको उम्मेद्वारी तय गरेको पार्टी श्रोतले जनाएको छ । 
क्षेत्र नम्बर १ मा रामचन्द्र उप्रेतीलाई उम्मेद्वार उभ्याएको छ । उप्रेती नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिका संस्थापक अध्यक्ष हुन् । क्षेत्र नम्बर-२ मा देवराज घिमिरेलाई उम्मेद्वार बनाएको छ । घिमिरे प्रतिनिधि सभाका निवर्तमान सभामुख हुन् ।
त्यस्तै क्षेत्र नम्बर ४ मा मनोज ताम्ली र क्षेत्र नम्बर -५ मा  केपी शर्मा ओली उम्मेद्वारको रुपमा मैदानमा उतारेको छ । पार्टीले विपक्षीलाई टक्कर दिएरै आफ्ना उम्मेद्वारलाई बहुमतले जिताउने रणनीति अनुसार उम्मेद्वार उठाएको जनाएको छ ।