धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण शाखाले ग्राहकको सुबिधाका लागि क्षमता वृद्धि गर्ने योजना अघि बढाएको छ । शाखाले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको विद्युत क्षमता `एमभिए´ लाई ३२ देखि ४० `एमभिए´मा वृद्धि गर्ने योजना अघि बढाएको हो । हाल कम एमभि भएकै कारण विद्युत मागलाई ब्यवस्थापन गर्न कठिन भएकाले क्षमता वृद्धि गर्न लागिएको नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण शाकाका प्रमुख शिवकुमार मण्डलले जानकारी दिए ।
उनका अनुसार नयाँ उद्योग वा धेरै ग्राहकले एकैपटक विद्युत माग गरेभने क्षमता अभावकै कारण जडान गर्न सक्ने अवस्था छैन । त्यसैले आगामी दिनमा समस्या आउन नदिन उक्त योजनालाई अघि बढाएको हो । हाल शाखाले १३ एमभिए क्षमताबाट ग्राहकलाई विद्युतीय सेवा दिँदै आएको प्रमुख मण्डलले जानकारी दिए । अहिलेकै अवस्थामा २/४ एमभिए क्षमताको उद्योग सञ्चालनमा आए बिस्तार गर्ने सक्ने अवस्था नभएको उनको भनाई छ ।
धुलाबारी वितरण शाखा र बुधबारे उपशाखाले हालसम्म ४५ हजार ग्राहकलाई सेवा दिइँदै आएको छ । त्यसमध्ये ५५१ वटा उद्योग सञ्चालनमा रहेका छन् । विद्युतीय सेवा प्रदान गर्दै नियमित सेवा शुल्क भुक्तानी नगर्ने ६० दिन नाघेका ग्राहक अप्रेसन शुरु गरेको छ । मिटर रिडिङ गरेपछी ग्राहकले तिर्नुपर्ने १ हजार होस् या ५ हजार । ६० दिनसम्म शुल्क नबुएका ग्राहकको लाइन काट्ने शुरु गरेको प्रमुख यादवले जानकारी दिए ।
ग्राहकले लामो समय शुल्क नबुझाउँदा शाखाको प्रशासनीक कार्यमा समस्या आएको भन्दै लाइन कट्न शुरु गरेको उनले बताए । लाइन काट्न सुरु गरेपछि ५ सय ५१ वटा ग्राहकको लाइन काटेर विद्युत शुल्क असुल गरेको छ ।
कार्यालयले ७२ लाख ६५ हजार ७ सय ५६ रुपैयाँ बक्यौता रहेकोमा मङ्सिरसम्ममा ६१ लाख ३ सय ५१ रुपैयाँ शुल्क अशुल गर्न सफल भएको जनाएको छ । ग्राहकलाई नियमित विद्युतको सुबिधा प्रदान गर्न विद्युतीय सुधारमा कर्मचारी खट्नुपर्नेमा विद्युत कटौतीमा कर्मचारी खटाउनु परेकोले आम उपभोक्ताहरुलाई समयमै विद्युत बक्यौता रकम बुझाउन प्रमुख मण्डलले आग्रहसमेत गरे ।
उनले गर्मी महिनालाई लक्षित गरेर बढी `ग्रिप´ हुने ठाउँमा `कभर कण्डक्टर वाइर बिस्तार गर्ने कार्य अघि बढाएको उनको भनाई छ । मेचीनगरको एसियन हाइवे र बढी रुखपात भएका ठाउँमा तथा बाहुनडाँगीमा बिस्तार गरिएको प्रमुख मण्डलले जानकारी दिए । मिटर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाए ग्राहकको लाइन काट्न घर पुग्ने कर्मचारी असुरक्षित बन्ने गरेको त्यहाँ कार्यरत कर्मचारीको गुनासो छ ।





















































