झापा । ज्योति विकास बैंकका कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई  कडा कारबाहीको माग गर्दै बैंकरहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघ, नेपालले विज्ञप्ति जारी गरेको छ ।
बिहीबार सप्तरीमा एक ऋणीको जग्गा लिलामिमा चढेपछि ज्योति विकास बैंकका कर्मचारी सो जग्गा हेर्न पुगेका बेला बैंकका कर्मचारीलाई ऋणीका परिवारले दुव्र्यहार गर्नुको साथै कर्मचारीलाई कुटपिट गरेर कालो मोसोसमेत दलेका थिए ।
सो घटनाको विषयलाई लिएर सोमबार दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्नुपर्ने मागसहित सिबिफिनले दोषीलाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको हो ।Screenshot_2025-12-15-16-55-11-495_com.android.chrome-edit
बैंकद्वारा प्रवाहित कर्जाको किस्ता समस्या समाधानका लागि स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुगेका सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीहरुमाथि स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरुको जत्थाले कब्जामा लिइ उल्टै बैंककै कर्मचारीमाथि गरिएको दुर्ब्यवहारप्रति सिबिफिनले आपत्ति जनाएको हो ।
त्यस्तै सिबिफिनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैंकका कर्मचारीमाथि गरिएको अत्यन्तै लज्जास्पद, घृणित एवं पशुवत व्यवहार र हिंस्रक आक्रमणको घोर भर्त्सना गर्दै उक्त घटनामा स्थानीय सुरक्षा निकायले पीडितको जाहेरी दर्ता नगरेको र मिलापत्रका लागि दबाब दिएको कार्यप्रति समेत सिबिफिनद्वारा कडा आपत्ति प्रकट गर्दछ’ ।