झापा । झापाको दमक नगरपालिका–३ बेलडाँगी शिविर सेक्टर सी २ मा छोराले धारिलो हतियार दाउ प्रहार गर्दा बाबु घाइते भएका छन् । शुक्रवार राति ५७ वर्षीय धनबहादुर बराइलीमाथि उनका २३ वर्षीय छोरा सामुन विश्वकर्माले मादक पदार्थ सेवन गरी दाउले प्रहार गरेका थिए । दाउ प्रहारबाट बराइलीको दाहिँने आँखामाथि चोट लागेको छ ।घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक बालकुमार नेवारको कमाण्डमा टोली खटिएर घाइतेलाई उपचारका लागि दमकतर्फ पठाइएको छ । सोही क्रममा झगडा छुट्याउन गएका सेक्युरिटी गार्ड देउ नारायण न्यौपानेलाई पनि पनि कुटपिट भएकाे छ । उनको ओठमाथि चोट लागेर घाइते भएका छन्। दाउ प्रहार गर्ने विश्वकर्मालाई दाउसहित नियन्त्रणमा लिएर इप्रका दमकमा राखिएको प्रहरीले जनाएको छ