झापा । नेपालमा खेतीयोग्य जमिनको माटोको गुणस्तर दिनानुदिन खस्कँदै गएको सरकारी तथ्यांकले देखाएको छ । कृषि विभागले माटोमध्ये ५४ प्रतिशत माटो अम्लीय प्रकृतिको पाइएको जनाएको छ । डिजिटल माटो नक्साको पछिल्लो विवरणअनुसार नेपालको कुल जाँच गरिएको थियो । वर्सेनि माटोमा अम्लीयपना बढ्दै आएको जानएको छ । गत वर्षको तुलनामा माटोमा अम्लीयपना बढ्दै गएको देखिएको छ । गत वर्ष ५३ प्रतिशत माटो अम्लीय रहेकोमा यस वर्ष बढेर ५४ प्रतिशत पुगेको हो । तथ्यांक अनुसार २९ प्रतिशत माटो तटस्थ र १७ प्रतिशत माटो क्षारीय प्रकृतिको छ। भौगोलिक रूपमा हेर्दा पश्चिम नेपालको तुलनामा पूर्वी नेपालको माटोमा अम्लीयपना बढी देखिएको छ ।
विभागको तथ्यांकले भौगोलिक क्षेत्र अनुसार माटोको गुणस्तरमा स्पष्ट भिन्नता देखाएको छ । देशको पूर्वी भागको माटोमा पश्चिमी नेपालको तुलनामा बढी अम्लीयपना देखिएको छ, जसले पूर्वी भेगका बाली उत्पादनमा नकारात्मक असर पारिरहेको छ ।
यस्तै माटोको उर्वराशक्तिको मेरुदण्ड मानिने प्राङ्गारिक पदार्थ र नाइट्रोजनको मात्रा तराई क्षेत्रमा निकै कमजोर देखिएको छ । हिमाल र पहाडको तुलनामा अन्न भण्डार मानिने तराईको माटोमा प्राङ्गारिक पदार्थ र नाइट्रोजनको मात्रा न्यून पाइएको हो । सूक्ष्म पोषक तत्त्वहरूको विश्लेषण गर्दा पूर्वी नेपालमा बोरोनको मात्रा विशेष रूपमा कम छ भने तराई क्षेत्रको माटोमा सल्फरको कमी मुख्य समस्याको रूपमा देखिएको छ ।
प्राङ्गारिक पदार्थ र पोषक तत्त्वको कमी
माटोको उर्वराशक्तिको मुख्य आधार मानिने प्राङ्गारिक पदार्थको मात्रा पनि घट्दो क्रममा छ । नेपालको माटोमा औसत २।५९ प्रतिशत मात्र प्राङ्गारिक पदार्थ पाइएको छ, जुन गत वर्ष २।७७ प्रतिशत थियो । विशेषगरी तराई क्षेत्रको माटोमा पहाड र हिमालको तुलनामा प्राङ्गारिक पदार्थ निकै कम देखिएको छ ।
कीटनाशक विषादीको अत्यधिक प्रयोग, बाली काटिसकेपछि अवशेष जलाउने प्रवृत्ति, भूक्षय र औद्योगिक प्रदूषणले माटोको संरचना र उर्वराशक्ति नष्ट गरिरहेको छ । यस्तै माटोमा मुख्य खाद्य तत्त्वहरू नाइट्रोजन, फस्फोरस र पोटासको असन्तुलन देखिएको छ । करिब २८ प्रतिशत माटोमा नाइट्रोजन र पोटास कम छ भने ३५ प्रतिशत माटोमा फस्फोरसको मात्रा न्यून पाइएको छ । सूक्ष्म पोषक तत्त्वका रूपमा रहने जिंक, बोरोन र सल्फरको मात्रा पनि अधिकांश स्थानमा कम देखिएको छ ।
किन बिग्रँदै छ माटो ?
कृषि विभागका अनुसार रासायनिक मलको असन्तुलित प्रयोग र प्राङ्गारिक ९गोबररकम्पोस्ट० मलको न्यून प्रयोग नै माटो बिग्रनुको मुख्य कारण हो । यसका साथै कीटनाशक विषादीको अत्यधिक प्रयोग, बाली काटिसकेपछि अवशेष जलाउने प्रवृत्ति, भूक्षय र औद्योगिक प्रदूषणले माटोको संरचना र उर्वराशक्ति नष्ट गरिरहेको छ । बर्सेनि माथिल्लो सतहको करिब १।७ मिलिमिटर मलिलो माटो भू–क्षयका कारण बगेर जाने गरेको डरलाग्दो तथ्य पनि विभागले सार्वजनिक गरेको छ ।














































