झापा । झापामा लागूऔषध दुर्व्यसनीका घटना भएसँगै आपराधिक घटना बढेको पाइएको छ । लागूऔषध प्रयोगकर्ता ओसारपसारमा संलग्नहरू नै चोरी, लुटपाट र डकैतीका घटनामा मुछिए‌को पाइएको हो । जेनजी आन्दोलनपछि लागूऔषधका घटना बढेसँगै चोरी लुटपाट तथा आपराधिक गतिविधि बढेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले पुष्टि गरेको छ । लुटपाट, चोरीका घटनामा संलग्न भएको अवस्थामा होस् या चोरीपछि अनुसन्धानका क्रममा पक्राउ परेका हुन्, अधिकांश लागूऔषध प्रयोगकर्ता नै भएको जिल्ला प्रहरी कार्यालय नापाका प्रवक्ता एवम् डिएसपी खगेन्द्रबहादुर खड्‌काले बताए ।
गाउँघर र शहरमा चोरी, लुटपाट, डकैती गर्ने अधिकांश लागूऔषध प्रयोगकर्ता रहेको माइएको उनको भनाई छ। त्यसपछि पेसेवरको रूपमा चोरी गर्नको समुह पनि छिटफुट रूपमा रहेको पाइएको छ । प्रयोगकर्तापछि लागूऔषधको व्यापार गर्नकै लागि लुटपाट गर्नेको संख्या पनि उत्तिकै भएको प्रवक्ता खड्‌काको भनाई छ । आव २०८०/८१ मा दुई सय ९७ गरी सात सय तीन विरुद्ध मुद्दा जिल्ला अदालत झापामा दायर गरिएको छ। यसैगरी, झापा जिल्ला अदालतको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा सम्बन्धविच्छेद र अशचलनपछि सबैभन्दा धेरै लागूऔषधका मुद्दा फछ्र्यौट भएका छन् । मत वर्ष मात्रै लागूऔषधका मात्रै दुई सय ५३ मुद्दा फछ्यौट भएको जनाएको छ ।
मेचीनगर-१० आम्दा रोड बस्ने विष्णुप्रसाद पौडेलको घर अगाडि पार्किङ गरी राखिएको प्र१-०१-००२ ह २४९२ नम्बरको सिटी सफारी हराएको थियो। कात्तिक २७ गते दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा सिटी धनी पौडेलले निवेदन दिएपछि खोजतलासका क्रममा टोकला चिया बगानमा उक्त सिटी सफारी अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
झापा गाउँपालिका-६ चप्रामारीस्थित बाटोमा पार्किङ गरी सोही स्थानमा धान काट्‌ने पार्किंड गरेर राखेको दुईवटा सिटी सफारी र एउटा मोटरसाइकल चोरी गरेका छन् । गत कार्तिक २९ गते बिहानको राति बिर्तामोड-५ लायना होटेल अगाडि चार्जमा राखेको मेचीनगर-६ धुलाबारी बस्ने ३३ वर्षीय टेशन राजवंशीको नाममा रहेको प्र१-०१-०२ ह ५७९९ नम्बरको हरियो रहको सिटी सफारी चोरी भएको प्रहरीको भनाई छ ।
त्यसअघि कात्तिक २६ गते राति मेचीनगर नगरपालिका-४ बस्ने इजाबुल भामको नाममा दर्ता रहेको प्र १-०१-०१४ प ७९३ नम्बरको रातो कालो रङको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी भएको थियो। यसअधि बिर्तामोडमा दुईवटा मोटरसाइकल चोरी भएको थियो। चोरीको घटनासँगै लागूऔषध दुर्व्यसनीका प्रयोगकर्ता पनि बढेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
झापाका सीमा आसपासका अधिकांश घरपरिवार लागूऔषधकै कारण असुरक्षित बनेको स्थानीयको भनाई छ। यसरी लागूऔषध सेवनकर्ता अन्तिम अवस्थामा पुगेपछि मात्रै प्रहरी तथा पुनः स्थापना केन्द्रको सम्पर्कमा आउने गरेको पाइएको छ। झापामा ३० वटा पुनः स्थापना केन्द्र रहेका छन्। कारागार र प्रहरी थुनामा पनि सयौंको संख्यामा लागुपदार्थ प्रयोगकर्ता रहेका छन्। पछिल्लो समय जिल्लाको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर, सखैरो हिरोइन, गाँजासहित दिनहुँ लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्नलाई पक्राउ पर्दै आएका छन्। पक्राउ परेकामध्ये अधिकांश युवा युवतीहरू रहेका छन्। उनीहरू नेपाल सरकारको कानूनबमोजिम सजायपछि छुट्ने गरेका छन्। पछि पुनः त्यहीं कारोबारमा संलग्न भएको पाइएको प्रवक्ता खड्‌काको भनाई छ । तिनै लागूऔषध प्रयोग र ओसारपसार गर्न चोरी, लुटपाट र डकैती गर्ने गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ। प्रयोगकर्ता अभिभावकविहीन र अभिभावक छुट्टिएर बसेका बालबालिकादेखि नै दुर्व्यसनीमा फस्दै आएको पाइएको छ।त्यस्ता बालबालिकाहरुले उचित अभिभावकत्व नपाउँदा गलत संगतमा फर्दै गएका छन्, प्रवक्ता खड्‌काले भने, 'विद्यालयमा पढ्‌ने उमेर समूहका बालबालिका साथीसंगतको लहलहै तथा विभिन्न प्रलोभनमा परी धुम्रपानको लतमा फस्ने गरेका र विस्तारै उक्त लत ने लागुपदार्थ सेवनसम्म पुग्ने गरेको छ।
जिल्लामा लागूऔषध खैरो हिरोइनका २० हजार पाँच सय सक्रिय प्रयोगकर्ता रहेको अनुमान गरिएको छ। झापा जिल्ला भारतसँग १४४.२ किमि खुला सीमाना रहेका कारण लागूऔषधको कारोबारको ग्राफ वर्षेनी बढ्‌दो क्रममा छ । आर्थिक लाभ र छिट्ट र ओसारपसारमा लागेको अर्थआर्जन गर्नका लागि प्रयोग प्रहरीको जनाएको छ । औसतमा एकजना दुर्व्यसनीले एक दिनमा आठ सय बराबरको लागूऔषध खैरो हिरोइन सेवन गर्ने गरेका छन् । करिब २० हजार पाँच सय प्रयोगकर्ताले दैनिक आठ सयको हिसाबले लागूऔषध खैरो हिरोइन सेवन गर्दा एक करोड ६४ लाख दैनिक नेपाली रूपयों लागूऔषधका लागि सीमावती भारतीय बजारमा खर्च गर्ने गरेको लागूऔषध ब्यूरोको त्यांकमा उल्लेख छ।
नेपालको सीमासँग जोडिएका भारतीय बजारहरूमा लागूऔषध खैरो हिरोइन सहजै उपलब्ध हुँदा नेपालमा यसको कारोबार बढेको हो। लागूऔषध प्रयोगकर्ताका अनुत्तार भारतीय सीमावर्ती बजारका पानपसल, चिया पसल सहजै रूपमा पाइने गरेको छ । विशेषगरी आदिवासी मूलका निखार महिला, तेश्रो लिंगीलाई पनि प्रयोग गरेर लागूऔषध सीमा कटाउने गरिएको छ। कतिपय लागूऔषध प्रयोगकर्ता महिलाहरू आफै प्यास मेटाउन देह व्यापारसम्म लाग्ने गरेको प्रहरीको भनाई छ।
पछिल्लो तीन वर्ष (२०७८ ७९ देखि २०८०-८१) मा लागूऔषध कारोबार तथा सेवनमा संलग्न एक हजार एक सय पाँचजना मानिसलाई पक्राउ गरेको छ । त्यसैगरी चालू आर्थिक वर्षको असोज महिनासम्म १ सय ५ जना पुरुषसहित १ सय १९ जनालाई पक्राउ गरेको छ । जसमा ७५ जनालाई मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।