झापा । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले भाउ बढाएको हो। भारतबाट आयात मूल्य बढेर आएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका शनिबार रातिदेखि लागुहुने गरी अनुसार काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य १६१ रुपैयाँ र डिजेल १४७ रुपैयाँ पुगेको छ । त्यसैगरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५८.५० रुपैयाँ र डिजेलको १४४.५० रुपैयाँ कायम गरिएको छ। सुर्खेत र दाङका उपभोक्ताले भने अब पेट्रोल १६० रुपैयाँ र डिजेल १४६ रुपैयाँ प्रतिलिटरको दरले किन्नुपर्नेछ ।