मेचीनगर । झापाको मेचीनगरबाट १२ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । मेचीनगर-१० खयरडाँगीस्थित छोटा पाकिस्तानतबाट दुईवटा कुकुरको सहयोगमा `डग स्नापिङ´का क्रममा १२ जनालाई नियन्त्रणमा लिइएको हो । सम्भावित अपराध रोकथाम, लागूऔषध नियन्त्रण, पहिचान तथा न्यूनीकरण गर्ने उद्धेश्यले गरिएको डग स्न्यापिङका क्रममा त्यति धेरै लागूऔषध प्रयोगकर्ता पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा मेचीनगर-७ बस्ने बर्ष १३ का सन्थाल समुदायका एक बालक, सोही ठाउँ बस्ने बर्ष १४ का बस्नेत थरका अर्का बालक, वडा नं ९ बस्ने बर्ष २४ का राजु चौधरी, वडा नं १० बस्ने बर्ष २२ का सुनिल साह, सोही ठाउँका बर्ष २० का अनिल साहलाई पक्राउ गरिएको हो ।
बर्ष ३१ का थारुक आलम, बर्ष २१ का माफिज आलम, वडा नं ११ बस्ने बर्ष २४ का बिशाल चौधरी, बर्ष २८ का विवेक चौधरी, बुद्धशान्ति-३ बस्ने बर्ष २६ का निपुल लिम्बू, सोही ठाउँ बस्ने बर्ष २६ का आकाश तामाङ र वडा नं ४ बस्ने बर्ष २३ का विवेक राई रहेका छन् । उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी अनुसन्धान भइरहेको छ ।























































