बिर्तामोड । जेनजी आन्दोलनमा क्षतिग्रस्त बनेको झापा बिर्तामोड नगरपालिकाको भवनमा पुर्व सभामुख देवरज घिमिरेले अवलोकन गरेका छन् ।

गत असार ३२ गते सभामुख घिमिरेले उद्घाटन गरेको करिव ५ करोडको लागतमा निर्माणपछि नगर प्रशासन सञ्चालनमा आएको थियोे । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बिर्तामोड नगरपालिकाको नवनिर्मित र पुरानो गरी दुईवटा भवनमा तोडफोड र आगजनी भएको थियो । सभामुख घिमिरेले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बिर्तामोड नगरपालिकाको कार्यालय भवनको निरीक्षण गरेका हुन् । त्यस्तै उनले जेनजी आन्दोलनमा क्षतिग्रस्त बिर्तामोडको इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, एमाले जिल्ला पार्टी कार्यालय, यातायात व्यवस्था कार्यालय, माओवादीको जिल्ला पार्टी कार्यालय र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको निरीक्षण गरेका थिए ।

उनले हर्कलाल मार्ग, वडा नं ३ स्थित गोकुल मार्ग लगायतका विकास निर्माणको अवलोकन गरेका छन् । तीन दिने कार्यक्रमका लागि उनी गृहजिल्ला आएका हुन् ।