मेचीनगर । वर्षोंदेखि अलपत्र परेको पूर्वको पहिलो 'बहुआयामिक सांस्कृतिक संग्रहालय' सञ्चालनमा ल्याउन मेचीनगर नगरपालिकाले तयारी थालेको छ । विभिन्न २२ जातिजातिको पहिचान झल्काउने कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिकाले २०७५ मा जमिनको व्यवस्थापन गर्दै २०७८ सालमा आंशिक रूपमा निर्माण पूरा गरेको थियो। उक्त निर्माणलाई पुर्णता दिएर सञ्चालनमा ल्याउने भएको हो । सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर अनुगमन गर्ने तयारी गरेका छौं', नगरप्रमुख बुढाथोकीले भने 'संग्रहालय निर्माण कति प्रतिशत पूरा भएको छ र कति निर्माण गर्न बाँकी छ, निर्माण गर्नुपर्ने भए निर्माण गरेर सञ्चालनमा ल्याउँछौं ।'
मेचीनगर-११ स्थित बलभद जनता माध्यमिक विद्यालयको जमिनमा निर्माण सुरू गरिएको संग्रहालयमा समस्या आइपरेपछी अलपत्र परेको प्रमुख बुढाथोकीको भनाई छ । २०७५ सालमा तत्कालीन मेचीनगर नगरप्रमुख र सामाजिक विकासले विद्यालयको जमिन स्वामित्वमा लिँदा मौखिक सहमति लगत्तै निर्माण सुरु गरिएपछि मुद्दा परेको उनको भनाई छ। मुद्दा परेपछि निर्माणाधीन अवस्थामै अलपत्र बनेको संग्राहलय सञ्चालनका लागि कानूनी रूपमा दरो बनाएर अघि बढाउन लागिएको नगर प्रमुख बुढाथोकीकाे भनाई छ ।Screenshot_2025-11-13-16-50-45-414_com.gallery.player-edit
उनका अनुसार राज्य कोषको लाखौं रकम दुरुपयोग हुनबाट रोक्न संरचना निर्माणमा कानुनी, प्राविधिक र विद्यालयसँग लिएको कागजी सम्झौंता नहुँदा निर्माणाधीन अवस्थामा अलपत्र परेको हो। कागजी प्रकृया नहुँदा निर्माण पूरा गर्न बजेट विनियोजनमा समस्या आइपरेको र त्यसलाई कानूनी रूपमै दर्विलो बनाउन लाग्दा लामो समय पर्खाइमा रहेको नगरप्रमुख बुढाथोकीको भनाइ छ ।
कानूनी प्रकृया पूरापछि सञ्चालनको तयारीमा जुटेको मेचीनगरका सामाजिक विकास संयोजक हृदय राजवंशीले जानकारी दिए । संरचनाको निर्माणमा सम्झौंता नभएकाले कानूनी रूपमा अघि बढ्न नसकिएको संयोजक राजवंशीको भनाइ छ । 'सामाजिक विकास अन्तरगत पर्ने भएकाले सञ्चालन नियमावली बनाउने काम सकिएको छ । नियमावलीलाई नगरपालिकाको बोर्डले अनुमोदन गर्नुपर्ने हुन्छ । Screenshot_2025-11-13-16-53-20-870_com.gallery.player-editअनुमोदन पनि गरिसकेको छ । प्राबिधिक र कानुनी समस्याकै कारणले समयमै सञ्चालनमा आउन नसकेपनि अब चाडै सञ्चालनको तयारीमा जुटेका  हौं ।´सञ्चालनको समस्याको बारेमा नगरमा विषय उठान गर्ने मेचीनगर-११ नम्बरका वडाध्यक्ष रूद्रप्रसाद डोंगी जानकारी दिए ।  उनका अनुसार मेचीनगरका सामाजिक विकास संयोजकको हृदय राजवंशीको संयोजकत्व र वडा नम्बर ९ का अध्यक्ष कञ्चन तामाङ, मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बा लगायत स्थानीय विभिन्न जातजातिको प्रतिनिधित्वमा समिति निर्माण गरिएको छ। उक्त समितिले पनि लामो समययता अलपत्र परेको संग्राहलय निर्माण र सञ्चालनमा तदारूकता नदेखाएको अध्यक्ष डाँगीको भनाई छ ।
संग्रहालय निर्माणपछि सञ्चालन गर्न  नगरपालिकाले वेवास्था गरेको विद्यालय व्यवस्थापन समितिको आरोप छ। सम्झौंता गरेर निर्माण सुरू गर्नुपर्नेमा नगरपालिकाले निर्माण गरेर सम्झौंताको विषय उठाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तिराम चिमरियाले जानकारी दिए । उनका अनुसार संग्रहालय निर्माणका लागि प्रत्येक वर्षमै ठेक्का बुझाउँदै आएका ६ परिवारलाई जोतभोक अधिकारबाट छुटाइएको थियो । ६ परिवारलाई रोजगारी दिने सर्त राखिएकोमा आफै अलपत्र छ, के रोजगारी दिन्छ ? अध्यक्ष चिमरियाले भने, `विद्यालयको आन्तरिक श्रोत बढ्नेगरी वार्षिक १ लाख दिने शर्त गरेका थियौं । मौखिक रुपमै सहमति गरिएको थियो । त्यसलाई आधिकारिक रुपमा सम्झौंता गर्ने काम त नगरपालिकाको हो । Screenshot_2025-11-13-16-52-15-976_com.miui.gallery-editनगरले पनि सम्झौंता गरेनछ, आफुलाई पनि सम्झौंता आवश्यक रहेन भन्ने भएर त्यतातिर ध्यान पुगेनछ, नगरपालिकाले निर्माण सुरु गरेदेखि नै ठेक्का स्वरूपको रकम भुक्तानी नगरेको अध्यक्ष चिमरियाको भनाई छ ।
रोजगारी पाउने आशमा लगाएको बाली हटाएर मेचीनगरलाई दिन सहमति गरिएकोमा सम्झौताअनुसार नगरपालिका र विद्यालय व्यवस्थापन समितिले चासो नदिएको स्थानीयको गुनासो छ ।
खनाल निर्माण सेवा मेचीनगर र ब्लूस्टार कन्स्ट्रक्सन प्रालि काठमाडौँले ठेक्कामा संग्रहालयकाे संरचनाहरू निर्माण गरेका हुन्। लागत अनुमानभन्दा निकै कम रकममा ठेक्का लगाइएका ती भौतिक संरचनाको गुणस्तरमा समेत प्रश्न उठ्‌ने गरेको छ। तीन चरणमा १ करोड ४७लाख ३५ हजार ५ सय ५७रूपैयाँ बराबरको बजेटमा संग्राहलयको संरचना निर्माण गरिएको थियो। जसमा खनाल निर्माण सेवाले रू. ४४ लाख ७६ हजार ७३० मा उक्त ठेक्का लिएको थियो भने त्यसैगरी स्वागतद्वार, शौचालय र टिकट काउन्टर निर्माणका लागि ब्लूस्टार कन्स्ट्रक्सन प्रालिले ७८ लाख ८४ हजार ६३९ मा उक्त ठेक्का लिएको थियो । कतिपय संरचनाकाे निर्माण पूरा भएको छैन । Screenshot_2025-11-13-16-51-14-383_com.gallery.player-edit
शौचालय, गेट निर्माण पुर्ण नभई अलपत्र बनेको थियो। पक्की पर्खालमाथि काँडेतार लगाइएको छ। ड्रेनसहितको पहुँचमार्गमा सिमेन्टका ब्लक बिछ्याइएका छन् । प्रयोगमा नआउँदा ब्लकमा काँस र झारपातले छोपेर झाँडीकाे रुपमा फैलिएको छ । झाँडी हुदै काँस फुलेको देख्न सकिन्छ । प्रवेशद्वार नजिकै टिकट काउन्टर र कार्यालयका लागि भवन बनाइएको छ। छेउमै मार्बल र टायल बिछ्‌याइएको सुविधायुक्त शौचालय भवन भएपनि जंगलमा परिणत भएको छ । मेचीनगरमा मेचे, राजवंशी, धिमाल, किसान, मुण्डा, सन्थाललगायतका आदिबासी समुदायको कला, संस्कृति, पहिरन र बाजा संरक्षण गरेर हाल निर्माण भइसकेका भवनलाई तत्काल प्रयोगमा ल्याउन सकिने स्थानीयको भनाई छ ।