मेचीनगरनेकपा एमाले मेचीनगरले मंगलबार धुलाबारी-चारआलीसम्म मोटरसाइकल र्याली गर्ने जनाएको छ । नेकपा एमालेका मेचीनगरका एमालेले आफ्नै संगठनको बलमा पहिलोपटक विरोध कार्यक्रम आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
एमाले मेचीनगर नगर कमिटीका अध्यक्ष राजु कार्कीले धुलाबारीेदेखि चारआलीसम्म मोटर साइकल र्याली आयोजना गरिएको र त्यसमा भब्य सहभागिता रहने बताए । संसद् पुनर्स्थापना र असंबैधानिक अन्तरिम सरकारको खारेजीको माग समेत राखेको छ । जननिर्वाचित सरकारको बहिर्गमन र जननिर्वाचित प्रतिनिधिसभा बिघटनको माग कहिल्यै नराखेको अध्यक्ष कार्कीले बताए ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेती, केन्द्रीय सल्लाहकारहरु विष्णु प्रसाई, हरिचरण बानियाँ र भीम खवासको उपस्थिति रहेको थियो ।
पार्टीका मेचीनगर इञ्चार्ज देबकुमार राई, जिल्ला कमिटी सदस्य दुर्गा धमला र कृष्ण कनाल, युवा संघका नगर अध्यक्ष विवेक खवासलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन एमालेका नगर उपाध्यक्ष एवम् वडाध्यक्ष कञ्चन तामाङले गरेका थिए ।