झापा । झापा शिवसताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या योजनाबद्ध ढंगले भएको पाइएको छ । सोही ठाउँका सुनिल साह र राहुल साहले हत्या गरेका पुष्टि भएको छ । सरोज शर्माको हत्यापछि शव विरिङ खोलामा गाडेको अवस्थामा शनिबार प्रहरीले फेला पारेको थियो । सोही प्रमाणका आधारमा प्रहरीले नियन्त्रणमा लिएका शाहद्वयले सुन कारोबार गर्ने भन्दै फिरौती माग गर्न दवाव दिने क्रममा हम्मरले हानेर हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकारलाई जानकारी दिएको छ Screenshot_2025-11-01-13-20-18-661_com.frontrow.vlog-edit

घटनाको योजना दशैं अघिको हो । सरोज शर्मा काठमाण्डौंमै बस्थे । पक्राउ परेका सुनिल र राहुल साहको घर सरोजको सँगै जोडिएको छ । चाडमा काठमाण्डौंबाट आउँदा सरोजले उनीहरुलाई हात खर्च समेत दिने गरेका थिए ।

सरोज पैसावला भएको पाएपछि उनीहरुले सुन किनाउन लगाउन योजना अनुरुप अपहरणको योजना बनाएको रहेछन् । सुन छ भन्दै झापाको वृक्ष क्याफेमा बसेको वेला अभियुक्तले मूल्यमा सहमति गरेको प्रहरी श्रोतले जनाएको छ । सोही योजनापछि सरोजलाई मारिएको प्रहरीले बताएको छ ।

सरोजसँग भएको पैसा हात पार्न सुनिल र राहुलले सुन योजना निकालेका थिए । उनीहरुबीच जेनजी आन्दोलनपछि सुन भेटिएको विषयमा चर्चा भएको थियो । त्यो सुन आफूले लुकाएको भन्दै सरोजसँग किनबेचको कुरा हुन्छ ।Screenshot_2025-11-02-18-00-32-502_com.whatsapp-edit जेनजी आन्दोलनपछि लुकाएको सुन हो भन्दै सरोजलाई विश्वास दिलाउने काम गर्छन् । ८० तोला सबै सुन खरिद गरे सरोजसँग प्रतितोला १ लाख ७० हजार मात्रै लिने मौखिक सहमति गर्छन् ।

सरोजलाई थप विश्वास दिलाउन अभियुक्तले अर्जुनधारा—४ स्थित दहीझोडा सामुदायिक वनको चेप्टी जाने मार्ग छेउमा पुर्याएर यहीँ छ भन्दै रुखको पत्ता पन्छाउँदै खन्न सुरु गर्छन् । सुनिलले खन्न थाल्दा राहुलले भन्छ अहिले नखन, कसैले देख्दा समस्या हुन्छ भन्दै त्यहाँबाट हिँडेको प्रहरी श्रोतले बतायो । दशैं सकिन्छ, सरोज काठमाडौं जान्छन् । पुनः तिहारमा घर आउँदा सोही विषयलाई लिएर दुई पटकसम्म जंगलमै पुर्याएर सरोजलाई अभियुक्तले विश्वास दिलाउँदै आएका पाइन्छ ।Screenshot_2025-11-02-18-00-48-950_com.whatsapp-edit

छठ पर्वकै दिन आज जाउँ भन्दै अभियुक्तले सरोजलाई आग्रह गर्छन् । सरोजले आफूसँग ५० लाख जती मात्रै पैसा रहेको भन्दै अरु पैसा विक्री गरेपछि दिने सर्त राख्छन् । सरोजको उक्त कुरा सुनेका अभियुक्तले एकाएक सरोजलाई अपहरण गर्ने योजना बनाउँछन् । दहीझोडा वनमै सरोजमाथि लट्याउने ग्यास प्रयोग गर्छन् । सरोज चिच्याउछन् । सरोजको चिच्यावटलाई रोक्न सुनिल शाहले गाडीमा भएको हम्मरले सरोजको टाउकोमा पछाडिबाट हान्छन् । सरोज ढल्छन् । हम्मरले हानेको हान्यै गर्दा सरोजको मृत्यु भएको प्रहरीले बताएको छ ।

सरोज मरेको थाहा पाएपछि सरोजको शव उनकै गाडीमा राखेर लुकाउन लाग्छन् । कुन्जीबारीका एक व्यक्तिलाई सहयोग गर्न आग्रह गर्छन् । उनी आउन अनकनाएपछि चारपानेबाट प्लाष्टिक किनेर शवसहितको सवारी झापा गाउँपालिका—५ पुर्याउँछन् । विरिङ नदीको पुलमुनी ती व्यक्तिलाई खाल्टो खन्न लगाउँछन् र पुलबाट नै सरोजको शव फालिदिन्छन् । ती व्यक्तिले शवलाई टिनले छोपेर निस्कन्छन् ।

परिवारको आग्रहमा प्रहरीले राहुल शाहलाई सोधपुछ गर्न नियन्त्रणमा लिएका थियो । घटनापछि सरोजको गाडी गोलधाप हुँदै डिलाइट होटलमा राखेको पाइएको छ । प्रमाण नष्ट गर्न सरोजको गाडी खुदुनावारीपछि धाइजन हुँदै पुहातुबारी पुगेर ३ बोटल पेट्रोल किनेर गत २०८२ कातिक १४ गते हातेमालो सामुदायिक वनमा पुर्याएका थिए । सरोज शर्माको बा.प्र. ०१–३० च. ७१९४ अवस्था गाडीमा पेट्रोल खन्याउने क्रममा सुनिलको कपडामा आगो सल्किएको थियो । त्यसपछि सुनिलको चप्पल र माक्स घटनास्थलमै छोडिएको थियो । उनलाई अटो चडेर विर्तामोड, मोरङ हुँदै जोगमनी जाने क्रममा रानी प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेसँगै सरोजको हत्यारा समाउन झापा प्रहरी सफल भएको छ ।