इटहरी । घरायसी विवादका क्रममा एक ब्यक्तिले पत्नीको हत्या गरेका छन् । विवादमा खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ घर भई इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी बस्दै आएका ३० वर्षीय सुमन दाहालले २५ वर्षीया श्रीमती अनिषा भट्टराईको हत्या गरेको प्रहरीले जनाएको छ ।
सामान्य विवादमा सोमबारराती उनले काठको बटमले पत्नी भट्टराईको टाउकोमा प्रहार गरेका थिए । गम्भीर घाइते अनिषालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनापछि दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















































