मेचीनगर । पत्निसँग रङ्गेहात भेटेपछि झापा मेचीनगरमा एक व्यक्तिले एक जना पुरुषको हत्या गरेका छन् । मेचीनगर–६ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । फौमोदिन मेचीनगर-१४, साबिक दुहागढीका हुन् ।
ज्ञावालीले पत्नी ३७ वर्षीया श्रीमती सुजता ज्ञवालीसँग आफ्नै घरमा मोहमदलाई रङ्गेहात भेटेपछि ज्ञवालीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  `मैले श्रीमतिसँग देखेपछि हप्किदप्की गरेको थिएँ । उसले छुरी लिएर म माथी आइलाग्यो, मैले त्यहीँ छुरी खोसेर उसलाई प्रहार गरें, हत्या गरें´  प्रहरी समक्ष ज्ञावलीले आत्मसमर्पण गर्ने क्रममा भने ।
प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार राति ज्ञावलीकाे घरभित्र भएको घटनास्थल मोहमदको मृत्यु भइसकेको थियो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा गएको टोलीले ज्ञवालीकी श्रीमती सुजातालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।