मेचीनगर । विद्यार्थीको अन्तरप्रतिभा, पाठ्यक्रम सिकाई र अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले मेचीनगरमा सञ्चालित नौ वटा निजी तथा संस्थागत विद्यालयहरु एकजुट भएका छन् ।
ती स्कुलमा अध्ययनरत ससाना विद्यार्थीलाई नयाँ र आधुनिक शैलीबाट शिक्षा प्रदान गर्न, अतिरिक्त क्रियाकलापको निरन्तरता र आधुनिक शैक्षिक सिकाईलाई प्राथमिकता दिन निजी विद्यालय सञ्चालकहरु अघि बढेका हुन् ।
झापा नेशनल स्कुल, थेसिस अंग्रेजी स्कुल, ओसेनिक अंग्रेजी स्कुल, दोकानडाँडा अंग्रेजी स्कुल, ल्होसे अंग्रेजी स्कुल, लिभिङ फाउन्डेसन स्कुल, दुर्गा अंग्रेजी स्कुल, माउन्ट पोइन्ट अंग्रेजी स्कुल र बालबाटिका अंग्रेजी स्कुलका सञ्चालकहरुले नयाँपन दिन खोजिएको उनिहरुको भनाई छ ।
विद्यार्थीको शैक्षिक चौतर्फी विकासका लागि ती स्कुलहरुले सामुहिक रुपमा `स्कुल ब्रेनवेब सर्कल´ कार्यक्रमको आयोजना समेत गरेको छ । शुक्रबार झापा नेशनल स्कुलमा आयोजित कार्यक्रम विद्यार्थीको छुट्टाछुट्टै नौ बिधामा प्रतियोगितात्मक `एक्स्ट्रा करिकुलम एक्टिभिटीज´ समेत गरेको छ । नौ वटै स्कुलमा अध्ययनरत विद्यार्थीहरुले छुट्टाछुट्टै बिधामा प्रतिस्पर्धा तथा प्रदर्शनी गरेका छन् ।
सो अवसरमा कविता प्रतियोगिता, ज्ञानकला प्रतियोगिता, बादबिवाद प्रतियोगिता, चित्रकला प्रतियोगिता, लेखन प्रतियोगिता, बिषय अभ्यास प्रतियोगिता, बिज्ञान प्रदर्शनी प्रतियोगिता, कला शैली र भाषण कला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सहभागी स्कुल तथा प्रतियोगी विद्यार्थी उपबिजेता हुँदा निरास हुने र विद्यार्थीले आफ्नो प्रतिभा लुकाइने परिपाटीको अन्त्य गराउन सामुहिक प्रयास खोजेको झापा नेशनल स्कुलका फाउण्डर एबम् प्रिन्सिपल कमल भेटवालले जानकारी दिए ।
मेचीनगर-७ का वडाअध्यक्ष प्रल्लाद ओलीको प्रमुख आतिथ्यता तथा  प्याब्सनका पुर्वअध्यक्ष डम्बर रुचालको विशेष आतिथ्यतामा सम्पन्न  `स्कुल ब्रेनवेब सर्कल´ मा विद्यार्थीहरुले अप्रतियोगी नृत्य र कविता प्रस्तुत गरेका थिए ।  कमल भेटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रिन्सिपल नेत्र खतिवडाले गरेका थिए ।