झापा । सरकारले जारी गरेको शिक्षा विधेयकका केही बुँदामाथि असहमति जनाउँदै आजदेखि आन्दोलनमाउत्रेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले झापाका १४ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिले झापाका सात वटा नगरपालिका र सात वटा गाउँपालिकाकामा ज्ञापन पत्र बुझाएको छ । प्याब्सन नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएको प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए । प्याब्सनमा आवद्ध झापामा ३१८ सदस्य विद्यालय रहेका छन् ।
झापाका १५ वटा पालिकामध्ये कचनकवल गाउँपालिकामा भने प्याब्सनको सदस्य विद्यालय नभएको बताइएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा प्याब्सन झापाका पदाधिकारीसहित पालिकामा गठित प्याब्सनका पदाधिकारी, एन प्याब्सन, हिसान लगायतका निजी शिक्षालयहरूको समेत सहभागीता रहेको थियो ।चार सय भन्दा बढी सदस्य विद्यालयहरूका संस्थापक प्रिन्सिपल, सञ्चालक तथा शिक्षक कर्मचारीको उपस्थितिमा झापाका १५ वटै स्थानीय तहमा पुगेर शिक्षाविधेयकमा समावेस गरिएका मुख्य चारवटा बुँदा सच्याउन माग गर्दै त्रापन पत्र बुझाइएको थियो ।
सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा प्याब्सनले निजी विद्यालयहरुलाई क्रमशः गैरनाफा मुलक बनाइने छ भन्ने वाक्याशं हटाउन माग गरेको छ ।त्यस्तै पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत प्रावधानलाई निरन्तरता दिइनु पर्ने, छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क र मासिक पढाई शुल्क कायम हुनु पर्ने माग गरेको छ ।
शिक्षा क्षेत्रको विकासका लागि निजी स्तरबाट पछिल्लो तीन दशकमा झण्डै ६ खर्ब रुपैयाँ लगानी गरिएको र यसले करिबचार लाख मानिसलाई रोजगारी सृजना गरेको, ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको, सरकारले छुट्याएको शिक्षाको कुल बजेटको ३५ प्रतिशतको हाराहारीमा योगदान निजी क्षेत्रको रहेको अवस्थामा निजी क्षेत्रका मागलाई सम्बोधन नगरेको भन्दै प्याब्सन आन्दोलित बनेको हो ।
यसै क्रममा प्याब्सन झापाले केन्द्रको निर्णय अनुसार झापाका सबै स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।उनका अनुसार मेचीनगर नगरपालिकामा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मिना उप्रेती पोखरेल , शिक्षा अधिकृत लक्ष्मी दाहाललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको प्याब्सन मेचीनगरपालिका अध्यक्ष विक्रम क्षेत्रीले जानकारी दिए ।
भद्रपुर नगरपालिकामा नगरप्रमुख गणेश पोखरेलसहित शिक्षा प्रमुख पवित्रा ढकाललाई ज्ञापनपत्र बुझाइएको प्याब्सन भद्रपुर पालिका अध्यक्ष भक्त कार्कीलेजानकारी दिए ।
हल्दीबारी गाउँपालिकामा अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, शिक्षा शाखा प्रमुख जनककुमारी राईलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको प्याब्सन हल्दीबारी गाउँपालिका अध्यक्ष एम दङ्गालले जानकारी दिए ।
यता अर्जुनधारा नगरपालिकामा उपप्रमुख खड्कामाया पराजुली , शिक्षा शाखा प्रमुख हरिबहादुर कुँवरलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको प्याब्सन अर्जुनधारा पालिका अध्यक्ष बालगोपाल गौतमले जानकारी दिए ।
बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख प्रमुख तिलचन भण्डारी, शिक्षा अधिकृत लासाङ तामाङ ,जानुका रेग्मीलाई संयुक्त ज्ञापन पत्र बुझाइएको प्याब्सन बिर्तामोड पालिका अध्यक्ष सुरेन्द्र खरेलले जानकारी दिए ।
त्यस्तै बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाई , उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला , शिक्षा प्रमुख योगराज पौडेल लाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएको प्याब्सन बाह्रदशी पालिका अध्यक्ष निमेश ढुंगेलले जानकारी दिए ।
उता दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई , शिक्षा अधिकृत सोमनाथ गुरागाईंलाई ज्ञापनपत्र संयुक्त रुपमा हस्तान्तरण गरिएको प्याब्सन दमक नगर अध्यक्ष नवीन योगीले जानकारी दिए ।
यता कन्काई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, शिक्षा प्रमुख राजकुमार ओडारीलाई ज्ञापन पत्र संयुक्त रुपमा बुझाइएको प्याब्सन कन्काई नगर अध्यक्ष विनोद उप्रेतीले जानकारी दिए ।
त्यस्तै कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र शिक्षा अधिकृत रबिन गौतमलाई ज्ञापनपत्र संयुक्त रुपमा बुझाइएको प्याब्सन कमल पालिका अध्यक्ष दीपक संग्रौलाले जानकारी दिए ।
गौरादह नगरपालिका प्रमुख छत्रपति सुवेदी , प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी ज्यू र शिक्षा प्रमुख बिदुर आचार्यलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको प्याब्सन गौराद पालिका अध्यक्ष टेकनाथ तिम्सिनाले जानकारी दिए ।
शिव शताक्षी नगरपालिका प्रमुख रोशन थोप्रा , उपप्रमुख नरमाया कार्की र शिक्षा प्रमुख छवि ढकाललाई ज्ञापनपत्र संयुक्त रुपमा बुझाइएको प्याब्सन शिवसताक्षी पालिका अध्यक्ष रामप्रसाद सुहाङले जानकारी दिए ।
उता गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलबती राजवंशी , उपाध्यक्ष पूजन न्यौपाने कुँवर र शिक्षा प्रमुख टंकप्रसाद खरेललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएकोप्याब्सन गौरीगञ्ज पालिका अध्यक्ष धनप्रसाद राजवंशीले जानकारी दिए ।
बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा र शिक्षा प्रमुख कमलनिरौलालाई संयुक्त रुपमा ज्ञापनपत्र हस्तान्तरण गरिएको प्याब्सन बुद्धशान्ति पालिका अध्यक्ष तिलक पाख्रिनले जानकारी दिए ।
झापा गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, र शिक्षा प्रमुख जीवनप्रसाद ढकाललाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको प्याब्सन झापागाउँपालिका गणेश सुवेदीले जानकारी दिए ।





















































