मेचीनगर । झापाको मेचीनगरमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना हुँदा २१ जना विद्यार्थी घाइते भएका छन् । मेचीनगर–९ खुट्टिडाँगीमा रहेको पारिजात पब्लिक स्कुलको गाडी शुक्रबार बिहान साढे ९ बजे दुर्घटना भएको हो ।

विद्यार्थी बोकेको उक्त भ्यान स्थानीय टिमाई खोल्सीमा खसेको थियो । घाइते विद्यार्थीलाई स्थानीयको सहयोगमा उद्धार गरी तत्काल धुलाबारीस्थित आम्दा मेची अस्पताल पठाइएको थियो ।

जसमा चालक गणेश श्रेष्ठ सहित ६ जना घाइते विद्यार्थीलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य विद्यार्थीको उपचार आम्दा अस्पतालमै भइरहेको छ ।