मेचीनगर । सामुदायिक विद्यालयबाट एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल झापा मेचीनगर-३ को जनता माध्यमिक विद्यालयकी उत्कृष्ट छात्रा गंगा राई सम्मानित भएकी छन् ।
आफ्नो जन्मदिनको अवसरमा मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले उक्त विद्यालयबाट सहभागी विद्यार्थीमध्ये एसईईमा उत्कृष्ट (३.२८) जिपिए नतिजा ल्याउन सफल छात्रा राईलाई मंगलबार नगदसहित सम्मान गरेका हुन् ।

नगर शिक्षा अधिकारी भण्डारीले नगद पाँच हजारसहित दोसल्ला र अबिर लगाएर सम्मान गरेका थिए । त्यसैगरी मेचीनगरका आर्थिक प्रशासन शाखा प्रमुख पदम कार्कीले छात्रा राईलाई नगद २ हजार प्रदान गर्नुका साथै शिक्षकहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
जनता माबि मेचीनगरकै दुर्गम ठाउँमा संचालित सामुदायिक विद्यालय हो ।
दुर्गम ठाउँमा अध्ययन-अध्यापन गर्दै आएपनि अन्य सामुदायिक विद्यालयलाई उछिन्दै एसईईमा शतप्रतिशत नतिजा ल्याउने मेचीनगरकै एक नमुना विद्यालय बनेको छ ।
दुर्गम ठाउँमा अध्ययन-अध्यापन गर्दै आएपनि अन्य सामुदायिक विद्यालयलाई उछिन्दै एसईईमा शतप्रतिशत नतिजा ल्याउने मेचीनगरकै एक नमुना विद्यालय बनेको छ ।झाँडी, खोला र बन्यजन्तुको त्रासले विद्यार्थीलाई अध्ययन गर्न असहज अवस्थाबाट ल्याएको शतप्रतिशत नतिजा जनता माबीले उदाहरणीय प्रस्तुत गरेको छ ।
त्यस्ता विद्यालय, शिक्षक र विद्यार्थीको मनोभावना उच्चो राख्न जरुरी भएको ठानेर विद्यार्थीलाई ब्यक्तीगत रुपमा सम्मान गरेको नगर शिक्षा अधिकारी भण्डारीले बताए ।
त्यस्ता विद्यालय, शिक्षक र विद्यार्थीको मनोभावना उच्चो राख्न जरुरी भएको ठानेर विद्यार्थीलाई ब्यक्तीगत रुपमा सम्मान गरेको नगर शिक्षा अधिकारी भण्डारीले बताए ।विद्यालय परिषरमा आयोजित सम्मान कार्यक्रममा नगर शिक्षा अधिकारी भण्डारी, मेचीनगरका आर्थिक प्रशासन शाखा पदम कार्की, विद्यालयका प्रधानाध्यापक दिपक खनाल लगायतले सम्बोधन गरेका थिए ।
प्राबि कक्षा र दरबन्दीमा संचालन हुँदै आएको जनता माबीमा विगत २०५२ सालपछि माबि तहसम्म अध्ययन अध्यायपन हुँदै आएको छ ।
प्राबि कक्षा र दरबन्दीमा संचालन हुँदै आएको जनता माबीमा विगत २०५२ सालपछि माबि तहसम्म अध्ययन अध्यायपन हुँदै आएको छ ।





















































