धुलाबारी । झापा मेचीनगर–९ मा सञ्चालित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको जनाएको छ । स्कूलबाट एसइईमा चार जीपिए ल्याउन सफल नुब्सा थलङसहित ४० जना विद्यार्थीलाई सोमबार सम्मान गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रमका बीच एसइईमा उत्तीर्ण भएका विद्यार्थीलाई बधाइ तथा शुभकामना दिएइको थियो ।
२०८१ सालको एसइई परीक्षामा पारिजातबाट सहभागी २२ जना विद्यार्थीले ३.६ देखि ४ जीपिए ल्याएर उतीर्ण भएका छन् । यस्तै, ३.२ देखि ३.६ जीपिए ल्याएर १५ जना विद्यार्थी पास भएका छन् भने २.८ देखि ३.२ जीपिए ल्याएर ३ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालय प्रशासनले जनाएको छ ।
चार जीपिए ल्याएउन सफल विद्यालयकी छात्रा नुब्सा थलङले आत्मबलका साथ पढाइमा ध्यान दिनसके नतिजा उत्कृष्ट ल्याउन सकिने प्रतिक्रिया दिइन् ।
विद्यालयका प्रिन्सिपल बिनोद श्रेष्ठले एसइईको नतिजाले विद्यालय परिवार गौरवान्वित बनेको बताए । उनले विद्यार्थीको मेहनत, शिक्षकको लगनशीलता तथा अभिभावकको विश्वासका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रतिक्रिया दिए । एसइई नतिजा आएसँगै पारिजात स्कूलको शैक्षिक क्षेत्रमा सर्वत्र चर्चा समेत चुलिएको छ ।





















































