चारआली । चारआली जेसीजले आयोजना गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताबाट १० वटा विद्यालयलाई पछि पार्दै मेचीनगर-१२ युनिक अंग्रेजी बोडिङ स्कुल प्रथम भएको छ । युनिक अंग्रेजी बोडिङ स्कुलको कक्षा १० मा अध्ययनरत छात्रा साहेरा चापागाईंले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति गरेपछि स्कुल प्रथम बनेको हो ।
प्रतियोगितामा बलभद्र जनता माबी धाइजनबाट सहभागी प्रियसा उप्रेती दोस्रो बनेकी छन् । दुर्गा अंग्रेजी माबीका प्रियसा भण्डारी तेस्रो बनेकी छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश नगद ५ हजार, ३ हजार र २ हजार तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ।
सहभागी अन्य विद्यार्थीलाई नगद पाँच /पाँच सय तथा प्रमाण प्रदान गरिएको थियो । चारआली जेसीजले स्थानीय १० वटा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई `मेरो सपनाको नेपाल: कस्तो समाजको परिकल्पना गर्छु´ भन्ने शिर्षक वक्तृत्वकला प्रस्तुति गरेका थिए ।
मेचीनगर-१३ को आर्थिक सहयोगमा आयोजित वक्तृत्वकला प्रतियोगितामा
निर्णायक मण्डलले प्रतियोगीलाई सम्बोधन ५/५ अंक बिषय वस्तुको ५/५ अंक, प्रस्तुति २५ अंक र समय मुल्यांकनलाई ५० अंक दिएको निर्णायक समितिका संयोजक माधव प्याकुरेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-१३ का अध्यक्ष कृष्णराज सिग्देलले जेसीस हेनरीकाे तस्बिरमा माल्याणपन गरेर उद्घाटन गरिएको कार्यक्रममा वडाध्यक्ष सिग्देल, विद्यालयको तर्फबाट बिश्व थापा, चारआली जेसीजका निवर्तमान अध्यक्ष भोजराज पराजुलीलगायतले सम्बोधन गरेका थिए ।
चारआली जेसिजका अध्यक्ष सुजुप सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्सब भट्टराईले स्वागत र सञ्चालन निमेश प्याकुरेलले गरेका थिए ।





