झापा ।  शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । झापाको

 मेचीनगर नगरपालिका–६ स्थित कालिखोला र मेचीनगर-१ स्थित ढुकुरे खोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

निर्माणाधीन एसियन हाइवेका लागि बनाएको  डाइभर्सन बगाएपछि काँकरभिट्टामा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो । बाढीले डाइभर्सन सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाएपछि अवरुद्ध खुलेको थियो ।

आगमनका लागि सोही स्थानको पश्चिमतर्फ कालिखोला हुँदै शान्तिगाँउ वडा कार्यालय हुँदै काँकरभिट्टा बसपार्कमा आउने वैकल्पिक रूट प्रयोगमा ल्याइएको छ । सडक निर्माण समयमै हुन नसक्दा समस्या भएको हो ।