चारआली । झापा मेचीनगर-१३ चारआलीको त्रिदेव बहुमुखी क्याम्पसका प्रमुखमाथि सांघातीक आक्रमण गर्ने माबि शिक्षकलाई क्याम्पस ब्यवस्थापन समितिले निष्कासन गरेको छ ।
क्याम्पसमा `ओभरटाइम´ पठनपाठन गरेको बिषयमा एक सय रुपैयाँमा हिसाब नमिलेपछि क्याम्पस प्रमुख गोपिकृष्ण भट्टराईमाथि झम्टिँदै सांघातीक आक्रमण गर्ने क्याम्पसका शिक्षक गोपाल प्याकुरेललाई ब्यवस्थापन समितिले क्याम्पसबाट निस्काशन गरेको हो ।
शिक्षक प्याकुरेल माबी कक्षाकाे नेपाली शिक्षक हुन् । शिक्षक प्याकुरेलले माफी पाउने गरिको कर्यब्य नगरेको ठहर गर्दै ब्यवस्थापन समितिले कार्वाहीस्वरुप निश्काशन गरेको छलफलमा सहभागीले जानकारी दिए । शिक्षक प्याकुरेलले क्याम्पस प्रमुखमाथि कुटपिट भुलवस भएको स्वीकार गर्दै आगामी दिनमा नदोहोर्‍याउने उल्लेखित अनुरोध पत्र सञ्चालक समितिलाई पेश गरेका थिए ।
समितिले क्याम्पसको गरिमालाई बिग्रिन नदिन कुटपिट घटनाले आफ्नो पद र अहोदामाथि आक्रमण भएको भन्दै प्रमुख भट्टराईले प्रहरी प्रशासनकँहा जाने समितिलाई जानकारी गराएका थिए । प्रशासनकहाँ जादा क्याम्पसको गरिमालाई बिग्रने भएकाले त्यसो नगर्न आग्रह गर्दै शिक्षक प्याकुरेल र प्रमुख भट्टराईबीच मिलापत्र गराएका थिए ।

कसरी भयो घटना?
गत जेठ ७ गतेभन्दा अघिल्लो दिनमा क्याम्पसमा `ओभरटाइम´ कक्षा लिएको दाबी गर्दै शिक्षक प्याकुरेलले क्याम्पस प्रमुखसँग भनाभन गरेका थिए । श्रोतका अनुसार `शिक्षक प्याकुरेलले कक्षा लिएकै हो भनी दाबी गरेको थिए। `ओभरटाइम´ कक्षा लिएको निर्क्योल गर्न सोही दिनको सिसि क्यामरा हेर्न क्याम्पस प्रमुखले आग्रह गरेका थिए । प्रमुखको उक्त आग्रह लगत्तै शिक्षक प्याकुरेलले बैठक कक्षमै आक्रमण शैलीमा आफू बसेको कुर्सी उठाउँदै प्रमुखलाई हातपात गर्दै कुटेका थिए ।´
उक्त घटना भएको देखेर अन्य शिक्षकहरुले छुट्याउने प्रयास गरेका थिए । छुट्याउन प्रयास गरेपछि पनि शिक्षक प्याकुरेलले प्रमुखलाई कुर्सी प्रहार गरेका थिए ।
आफुमाथि गरेको बिषयको बारेमा क्याम्पस प्रमुख पीडित भएको भन्दै केही शिक्षकले स्थानीय प्रहरीकहाँ निवेदन दिन प्रयास गरेपनी क्याम्पस प्रशासन र शिक्षक प्याकुरेलले छलफलको माध्यमबाट सामाधान खेज्ने भन्दै घटना ढाकछोप गरेका थिए ।
माधव प्याकुरेलको अवकाशपछि केही महिनायतादेखि भट्टराईले क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।