धरमपुर । जिल्ला झापाकाे शिवसताक्षी नगरपालिका-३ पाराबारी मनकुमार तामाङले छोरा सुसान तामाङलाई खुकुरी प्रहार गरि शक्त घाइते बनाएका छन् ।
गयराती घरयासी बादबिबाद हुँदा तामाङले आफ्नै छोरा १८ वर्षमा सुसन तामाङलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
खुकुरीले सुसनको टाउको र दाहिने खुट्टाको घुँडा पछाडि गहिरो चोट लागेको छ । प्रहरी चौकी धरमपुरबाट प्रहरी टोलि खटि गई घाइतेलाई उपचारको लागि निम्स अस्पताल दमक पठाईएको छ ।
खुकुरी प्रहार गर्ने तामाङलाई धरमपुर प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।