गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका-३ गौरीगञ्ज बजारबाट लागुऔषध, नगदसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद अवस्थामा रहेको BR37AJ9952 नम्बरको भारतीय मोटरसाईकल र त्यसका चालक भारत किसनगञ्ज खनियाबा- ७ फुलबरिया बस्ने वर्ष १९ को मोनाजीर आलमलाई प्रहरीले सोधपुछ गरेको थियो । उनको साथमा रहेको भारतीय नम्बरको POCO मोबाईलबाट लागुऔषधको भिडियो पठाएको पाएको थियो ।
भिडियो पठाएको आधारमा किसनगञ्ज खननियाबाद-०५ फत्तेपुर बस्ने बर्ष ५८ को भोला ठाकुरको साथबाट गौरीगञ्ज गाउँपालिका-३ बाट प्रतिब्धित लागुऔषध व्राउन सुगर (प्लाष्टिक सहित १०२.८१० ग्राम ) प्लाष्टिक बाहेक १००.०९० ग्राम ), Nitrazepam Tablets IP 10 mg  १० पत्ता (१०० ट्यावलेट), Codeine phosphate and triprolidine hydrochloride syrup 100 ml skuf २ बोतलसहित बरामद गरेको हो ।
उक्त परिणामको लागुऔषध खरिद गर्न आएका झापा दमक-०५ बस्ने संजय भनिने भुपेन्द्र राई, उनले प्रयोग गर्ने ना. १ च. ९१६२ नं को कार र लागुऔषध खरिदका लागि नगद २ लाख ४३ हजार ५०० सय रुपैयाँ नगद बरामद गरेको छ । साथै आईफोन मोवाईल २ थान, कारभित्र लागुऔषध नापतौल गर्न प्रयोग गर्ने डिजिटल तराजु १ थानसहित फेला पारी उक्त लागुऔषध नगद, तराजु उक्त नम्वरको कार, मोटरसाईकल र मोवाईल वरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।