झापा । आज ३२ औं बिश्व प्रेस स्वतन्त्रता दिवस । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।
अन्तरक्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक गर्ने र नेपालका विभिन्न तहमा बन्न थालेका ९ वटा कानुनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणी समेत सार्वजनिक गर्ने तयारी रहेको महासंघले जनाएको छ ।
महासंघले ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिवद्धता’ विषयक अन्तरसंवादमा कार्यक्रमको तय गरेको छ । बिर्तामोड, ग्राण्ड प्यासिफक होटलमा प्रेस स्वतन्त्रताप्रति राजनीतिक दलहरुसहित सरोकारवालाहरुलाई जिम्मेवार बनाऔं । प्रेसको भूमिका संकुचित हुन नदिन उहाँहरुको दायित्व स्मरण गराऔं ।´ भन्ने नारासहित सञ्चारकर्मीहरुलाई पत्रकार आचारसंहिता पालना, मर्यादित र व्यवसायिक पत्रकारिताको विकासमा आफ्नै भूमिकाको समीक्षा र प्रेस स्वतन्त्रताबारे झकझकाउने उक्त कार्यक्रमको आयोजना गरिएको हो ।





















































