मेचीनगर । कम्पोस्ट र गोबर मलको प्रयोगले मात्रै उत्पादित अन्नबाली स्वास्थ्यकर र माटोलाई बचाउन सकिने सम्बन्धित सरोकारवलाले बताएका छन् ।
मेचीनगर नगरपालिकाको सामाजिक बिकास शाखाको आयोजना तथा माइन्ड पावर एन्ड करियर डेभलपमेन्ट इन्टरनेशल ट्रेडिङ सेन्टर काठमाडौंको प्राबिधिक सहयोगमा बिहीबार काँकरभिट्टामा आयोजित `माटो बचाउ अभियान कार्यक्रम´ मा सरोकारवलाले उक्त कुरा बताएका हुन् ।

माटो बचाउँ राष्ट्रिय अभियानका अध्यक्ष डा.वीपी रेग्मीेले रासायनिक मल र बिषादीको बड्दो प्रयोगले मानिसले चौतर्फी नोक्सान बेहोर्नु परेको तितो यथार्थ बनेको बताए । उनले बाली लगाउँदा रासायनिक मल धेरै प्रयोग गर्दा माटो दुषित हुने, माटोको उर्वराशक्ती घट्ने, माटो किँटिने, अस्वस्थ हुने, त्यहीँ माटोमा उब्जनी भएको अन्न-तरकारी खादा मानिसको स्वास्थ्यमा गम्भीर असर पर्दै आएको बताएका थिए ।
रासायनिक मल र बिषादीको बड्दो प्रयोगपछि माटोमा अम्लियपनको मात्रा बढेको र छारीयापन घटेकोले मानिस अस्वास्थ्य हुनुपरेको कारण बताएका थिए ।
त्यहाँबाट उत्पादन भएका अन्नबाली उपयोग गरेकै कारण कयौं मानिसमा घातक रोग लागेर मृत्यु भएको र कयौंले जोखिमको सामना गर्दै आएको डा.रेग्मीले बताए ।

उनले रासायनिक मल र किटानाशक औंषधी कम मात्रमा र सावधानी अपनाउन किसान आफैले संकल्प गर्नुपर्ने, गोबर- कम्पोस्ट मल प्रयोग गर्न, किटनाशक औंषधीमा आफैले तयार गर्दा तितो, पिरो, टरो र अमिलोलाई २८ दिन कुहिँयाउने र गाइँको गहुँतमा २० लिटर पानीमा प्रयोग गरे किरा मर्ने जानकारी दिएका थिए । किनेको, सामान, नखाने किसानको अर्थ लगाएका थिए ।
अभियानकी उपाध्यक्ष अम्बिका देवीले बिषादीको प्रयोग बढ्दै गएपछि अक्सिजनमा विषादी मिसिएको बताइन् । उनले राज्यले नै नीति निर्माण गर्नुपर्ने र कृषक आफै सचेत हुनुपर्नेमा जओड दिइन् ।
अभियानका सहसचिव संजोग लिम्बुले अर्गानिक खेती गर्न माटो जाँचलाई प्राथमिकता दिन स्थानीय सरकारलाई आग्रह गरेका थिए । सहभागिताको तर्फबाट निलकण्ठ तिवारी र लक्ष्मी कोइरालाले धारणा राखेका थिए ।
अभियानका सहसचिव संजोग लिम्बुले अर्गानिक खेती गर्न माटो जाँचलाई प्राथमिकता दिन स्थानीय सरकारलाई आग्रह गरेका थिए । सहभागिताको तर्फबाट निलकण्ठ तिवारी र लक्ष्मी कोइरालाले धारणा राखेका थिए ।मेचीनगर नगरपालिका सामाजिक विकास समिति संयोजक हृदय राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं.३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतले स्वागत र सामाजिक विकास शाखा प्रमुख सम्भु पौडेलले सञ्चालन गरेका थिए ।





















































